काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

विमानस्थल भ्रष्टाचार : पूर्व मन्त्री र पूर्वसचिवलाई साधारण तारेखमा रिहा गर्न आदेश

1.14K
shares
khanepani bord

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यो भ्रष्टाचार प्रकरणमा जोडिएका दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा उपस्थित भएको देखिए पनि चाइनिज कम्पनीसँगको खरिद प्रक्रियाका अन्य काममा संलग्न भएको खुल्न नआएको भन्दै सो आदेश जारी गरिएको हो ।

अमात्य पूर्व संस्कृति तथा पर्यटन मन्त्री हुन् भने आचार्य तत्कालीन पर्यटन सहसचिव थिए । यो भ्रष्टाचार प्रकरणमा ५५ जनाविरुद्ध विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

IME
khanepani