काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन
वि.सं.२०८२ फागुन १५ शुक्रवार १४:२३
shares

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गरेकी छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेललाई समर्थन गरेको पत्रकार सम्मेलनमार्फत् औपचारिक घोषणा गरेकी छन् ।
उनले शुक्रबार सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरेकी हुन् ।
उनले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई समर्थन गरेको बताएकी छन् ।


























