काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

भारतको डकैती शैलीलाई चीनको मौनता

3.48K
shares
khanepani bord

तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले विश्वमञ्च वेजिङ्गमा गएर विश्वका विभिन्न देशका नेताहरू सोभियत संघका पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोद, चीनका राष्ट्रपति सि.जी. पिङ्गको उपस्थितिमा हाम्रो अभिन्न मुलुकको भूमाग लिम्पियाधुरा, लिपुलेक, कालापानी, चीन र भारतको बलजफ्तीमा नेपाललाई सोद्धै नसोधी चीनद्वारा समेत गरिएको अहम्ता तथा वेवास्ता गर्दै छिमेकी चीनको मौनताका विरुद्ध हाम्रो देशको प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रियताप्रति घातको फेहरिस्तमा चीनको मौनताका कारण ती भूमिहरू नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारत सरकारलाई चीनको बाटो बनाउन किन दियो ? एउटा छिमेकी देशले नेपालको भूमि मिचिदा मिचिदै मौनता जनाउनु छिमेकीप्रति घात होइन ? भारतीय सरकारको दादागिरीलाई स्पष्ट शब्दमा यी माथिका भूमिहरू लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको अभिन्न अङ्ग हो । यी भूमिहरू नेपालको हो भनेर अन्तर्राष्ट्रिय मञ्चमा कुर्लनुभयो । यसका लागि तत्कालीन प्रधानमन्त्री के.पी. ओलीको साहस आँटका लागि देशभक्त नेपालीहरूले उहाँको यो अहम् राष्ट्रियताप्रति देखाउनुभएको साहसका लागि मुक्तकण्ठले प्रशंसा गर्न कन्जुस्याइँ गर्न देशभक्त नेपालीहरू पछि पर्नु हुँदैन भन्ने मेरो ठम्याइ हो ।

भारत सरकारले नेपालको आर्थिक विकास र समृद्धलाई रोक्न र तहस नहस पार्नका लागि प्रचण्डको नेतृत्वमा नेकपा माओवादी नामक देशघाती नेकपा माओवादी पार्टीको सिर्जना गरेर १० वर्षे जनयुद्धको नाममा नेपाललाई कमजोर बनाउनका, नेपालको अस्तित्व मेटाउनका लागि भारत सरकारको लगानीमा निर्माण भएको र पार्टीको पालनहारको रूपमा भारतीय सरकारले ग¥यो । मुलुकलाई छिन्नभिन्न र यहााको आर्थिक स्रोतलाई तहस तहस पारियो । झण्डै झण्डै ४०० भन्दा बढी उद्योगहरू तहस नहस बनाइए । यी सबै प्रचण्डको नेतृत्वमा देशमाथि घात प्रतिघात गरियो ।

१. ८० अरब भन्दा बढी नोक्सानी ।
२. पाँच हजार महिला विधुवा भए । 
३. १०५ वटा बैंक लुटिए । 
४. ७० वटा गुम्बा मन्दिर भत्काइए । 
५. १० लाख मानिस विस्थापित भए । 
६. १७ हजार भन्दा बढी नागरिक मारिए । 
७. ३ हजार नागरिक अपाङ्ग भए । 
८. ४ हजार भन्दा बढी चर्च खुले ।
९. पहाडी गाउँका बस्ती खाली भए । 
१०. फ्रन्ट लाइनका आतङ्ककारीहरू मात्र अरबपति भए । 

तत्कालीन प्रधानमन्त्री के.पी. ओलीजी ! तपाईंको यो अदम्य साहस, देशप्रति तपाईंद्वारा गरिएको विश्वमञ्चमा चीनको छिपछिपे नीति हुँदै भारत सरकारको प्रधानमन्त्री नरेन्द्र मोदीको सातो मात्र लिनु भएन । छिमेकी प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व मञ्चमा नाङ्गेझार बनाइदिनुभयो । संयुक्त राष्ट्रसंघमा नेपाल पनि एउटा सदस्य राष्ट्र हो । भारतभन्दा २२औँ गुणा सानो नेपालको प्रधानमन्त्री के.पी. ओलीको त्यो हुङ्कार, देशमाथि गरिएको अतिव्रmमणका विरुद्ध गरिएको हेपाहा नीतिमा चीन समेतको मौनताले एउटा कम्युनिष्ट देश माओको देशमा तत्कालीन राष्ट्रपति सिजीपीङ्ग समेतलाई सोच्नु बाध्य बनाएको छ । नेपालको अहम् प्रस्तुति ओलीको त्यो राष्ट्र अडानप्रति कुनै पनि देशभक्त नेपाली गौरव महसुस भएको छ । हामी के.पी. ओलीको राष्ट्र अडान प्रति गर्वबोध महसुस गरेका छौँ । चीनको भारतप्रतिको आसक्ति नेपालको अग्राधिकार भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा हो भन्ने स्पष्ट ज्ञान हुँदाहुँदै नेपाललाई नसोध्नु, वास्ता नगर्नु तत्कालीन छिमेकी चीनको बेइमानी नेपालको असल छिमेकीप्रति सिजिपिङ्गले घात गरेको कुरा अन्तर्राष्ट्रिय जगत्ले पनि जान्नुपर्छ । बुझ्नुपर्छ, हामी नेपालीले पनि चीनको यो विवादास्पद व्यवहारलाई संसारलाई प्रष्ट्याउनुपर्छ ।

प्रधानमन्त्रीबाट हटाइनुको अर्थ 

के.पी.जी ! तपाईंलाई प्रधानमन्त्रीबाट हटाइनुको अर्थ देशभक्त नेपालीलाई स्पष्ट थाहा छ, त्यो हो तपाईं चीन गएर, आफ्नो मुलुकको प्रिय भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारको बल मिचाइ गरेर, नेपालमा अनुकूलको सरकारको पुर्नगठन, नेकपा माओवादी जत्थाको निर्माण र पालन पोषणको व्यवस्थापन भारतीय सरकारद्वारा गरिएको कुरा घाम जस्तै प्रष्ट छ । १०औँ वर्षसम्म नेकपा माओवादीको निर्माण र नेपालको आर्थिक धरातललाई विभिन्न वहानामा धरासही बनाउनु, नेपालको आर्थिक समृद्धतर्फ बढिरहेको यथार्थता तत्कालीन सरकारदेखि यसबेलाको सरकारसम्म नेपाल आफ्नै खुट्टामा आत्मनिर्भर हुन नसकोस् भनेर प्रचण्ड जस्तो भारतीय सरकारको दलालपतिको निर्माणका साथै हजारौँको तादातामा माओवादीको नकावमा भारतीय सरकारद्वारा पालितलाई मुलुक भित्र रहेका, नेपालको आर्थिक अग्रगामी छलाङलाई रोक्न, भारतीय सरकारका तानाबुनामा नेपालमा खोलिएका झण्डै झण्डै ४०० को तादातमा रहेको फैक्ट्रीहरूलाई जलाउने र तहस नहस पार्ने कार्यमा भारतीय सरकारको मिलोमतोमा नेपाललाई उद्योग विहीन तथा नेपाली युवाहरूलाई विदेश जाने वाध्यात्मक स्थितिको सिर्जना भारत सरकारद्वारा नेपाली युवाहरूको जीवन माथि खेलवाड गर्दै ‘नेपाली माओवादी’ वोर्डमा भारतीय सरकारद्वारा नेपालको औद्योगिक आर्थिक क्रान्तिको अग्राधिकारको अहम्तालाई छिन्नभिन्न र देशलाई उठ्न भन्दा पनि देशको अस्तित्वलाई नै मटियामेट गरिने सवाल तथा देशप्रति घातका प्रव्रिmयामा भारतीय सरकारको गुलामको प्रारूपमा माओवादीको भेषधारणमा देशद्रोही ‘प्रचण्ड’को अहम्तामा देशले डुब्दै, विभिन्न किसिमका घात प्रतिघातको सामना गरिरहेको कुरा स्पष्ट हो । प्रचण्डको देशद्रोही हरकतका कारण छिमेकी भारतीय सरकारको छिमेकी द्रोहका हरकतहरू झन्–झन् प्रस्ट हुँदै आएको छ ।

के.पी. ओलीको दोस्रो पाटो 

के.पी. ओलीको राष्ट्रियताप्रति अगाधता जसरी चीनमा प्रदर्शन गरे त्यसको लागि मुक्तकण्ठले प्रशंसा गर्न कुनै कन्जुस्याइँ गरेको छैन । के.पी. ओलीको जीवनको दोस्रो पटाक्षेप निकै घृणित र उनका मनोकाङ्क्षाहरू धेरै भयावह र डरलाग्दा छन् । के.पी. ओलीको चतुर्याइँ, धुर्तता बारे यतिसम्म पनि भनिने गरिएको छ कुकुर ज्यादै बाठो भयो भने त्यसले मानव प्रद्धत्त भोजनको निकास प्रारूपलाई उसले आहार बनाउँछ । यो अहम् सवाल के.पी. ओलीमा ज्यूका त्यू लागू हुन्छ । जब–जब महाकाली सन्धि पास हुँदै थियो । एकातिर तत्कालीन मनमोहन अधिकारी प्लेन दुर्घटनाबाट थला परेर ओछ्यानमा लडिरहनुभएको थियो । त्यसबेलाको मुद्दा महाकाली पास जसरी पनि गर्नुपर्ने भारतीय सरकारको हुटहुटीमा त्यसबेलाका ब्याधाको रूपमा के.पी. ओलीको अवतरण त्यसको महाकाली भारतीय सरकारलाई सुर्पुदगी पात्रको रूपमा देवराज घिमिरेलाई तयार पारिएको थियो । अग्रज मनमोहन अधिकारी प्लेन एक्सिडेन्टका कारण सदनमा उपस्थिति हुन नसक्नु र त्यसको परिपूर्तिको लागि देवराज घिमिरेलाई त्यहाँको रूपमा प्रयोग गरिदै महाकाली सन्धि ज्यामितिमयको प्रारूपमा महाकाली पास भयो । तत्कालीन महाकाली पास सँगसँगै भारत सरकार ओलीसँगै प्रसन्नका कारण तत्कालीन झोले सांसदहरूका करोडौँ करोड पनि घर घडेरी काठमाडौँमा जोडेका छन् । त्यसको स्रोत को हो ? ती सांसदहरूको तत्कालीन आर्थिक स्थितिका स्रोत बुझिएको खण्डमा प्रस्ट हुनेछ । माहाकाली सन्धिबाट के.पी. ओली जीवनमा हरियाली तथा उनका जीवनका अँध्यारा पक्षहरू उज्यालोमा बदलिएका छन् । उनका नाममा विदेशी बैंकहरू कतै स्वीटजरल्याण्ड, कतै कम्बोडिया, कतै एनसेल कम्पनीहरूको गठजोड आदिका सत्य कथाहरू जोडिएका छन् ।

के हुन् त के.पी. ओली 

जीवनको अन्तिम पटाक्षेपमा के.पी. ओली आइपुगेका छन् । उनको जीवन सङ्घर्षमय छ । यो तीतो सत्य हो । नेपाल कम्युनिष्ट पार्टीलाई एकीकरण सवालमा उनको भूमिकालाई नकार्न सकिन्न । के.पी. ओलीले राष्ट्र निर्माणका अहम् सवालमा, पछिल्लो पटक उनले राष्ट्रलाई दिएका उपहार छन् । ती हुँदाहुँदै पनि उनले महाकाली हुँदै एम.सी.सी. मा घात गरेर, एम.सी.सी.मा अमेरिकी बख्तरबन्द प्लेन त्यसमा जाँच चेक नगरी काठमाडौँमा उत्रिरहेका छन् । राष्ट्रियताका सावालमा अमेरिकालाई यस किसिमको आजादी दिनमा ओलीको अहम् भूमिकालाई नकार्न सकिन्न । पश्चिम नेपालमा विश्वको महँगो धातुको अग्रधिकार माथि अमेरिकाले आफ्नो वर्चश्व कायम गरिरहेको छ । हाम्रो राष्ट्रको अहम् सम्पत्ति अमेरिकाले कब्जा जमाइरहेको छ । एम.सी.सी. ल्याउने के.पी. ओली हुँदै आएको राष्ट्रप्रति घात/प्रतिघातका लागि के.पी. ओलीलाई छुट दिन सकिँदैन । राष्ट्रप्रति घात प्रतिघात, मुलुकको अमूल्य सम्पत्ति युरेनियमलाई अमेरिकी सरकारको पोल्टामा पार्नका लागि देशप्रति गद्दार गरिनुका लागि के.पी. ओली दण्डित हुनुपर्छ ।

राष्ट्रको अहम् र अस्मिताको वर्चश्वमा के.पी. ओलीले राष्ट्रप्रति घात गरेको राष्ट्रलाई दोहन गरिरहेको हुँदा के.पी. ओलीले चाहे महाकाली होस् चाहे एम.सी.सी.मा गरिएका सम्झौता होस् ती सबै सम्झौता नेपालका हितमा नभएको हुनाले तत्कालीन प्रधानमन्त्री के.पी. ओलीलाई मृत्युदण्डको माग गर्दै उनले गरेका देशका अहितका लागि गरिएका सम्झौता चाहे महाकाली होस् चाहे एम.सी.सी. होस् ती सबै खारेजीको पहल गर्दै राष्ट्रको अक्षुणता निरन्तरका लागि जीवन्तका लागि राष्ट्रले आफूलाई उभ्याओस् ।
स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी – २०७४
इटहरी, तरहरा, आँपगाछी

IME
khanepani