आयोगद्वारा धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
वि.सं.२०८२ फागुन १९ मंगलवार १४:४३
shares

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । उनी कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।
रास्वपा उम्मेदवार किशोरी शाह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।


























