२०८३ सालमा दिइने सार्वजनिक एवम् पर्व बिदा निर्धारण [सूचीसहित]
वि.सं.२०८२ फागुन १९ मंगलवार १५:१७
shares

काठमाडौँ । नेपाल सरकारले विसं २०८३ सालभरि दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।
जसअनुसार नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ ।
































