संसारका यी १६ वटा दुर्लभ तस्विरहरु !

नेपालीजनता

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि तस्विरमा हुन्छ । कहिलेकाहि समयसंगै यस्ता तस्विर भेटिन्छन् । जुन् एकदमै दुर्लभ मात्रामा भेटिने गर्दछन् । विश्वमा भैरहने भोकमरी, युद्ध, प्राकतिक विनाशले यस्ता दुखद परिस्थिती र संयोजवस फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गर्न सफल भएका केहि दुर्लभ तस्विरहरु छन् यहाँ । सायद यी तस्विर हेरेपछि मन नछुने विरलै होलान् ।

१.  फोटोग्राफर फ्राङ्क फुर्नीयरले दुखद अवस्थामा माटो र भवनको विचमा अड्केका बालकको खिच्न सफल भएका थिए । यो तस्विर १९८५ मा कोलम्वियामा गएको ज्वालामुखिको बेला हो । जसले एउटा पुरै शहर जमिनमुनी भासिएको थियो भने २५, ००० जनाको मृत्यु भएको थियो ।


२.सिंहको मुटुको अपे्रसन  : २००५ मा पुलीत्जर पुरस्कार जित्न सफल यो तस्विर डेनी फिजमोरिकले लिएका हुन् । ‘सिंह मुटुको अप्रेसन ‘नाम दिईएको यस तस्विरको कथा चाहि ९ वर्षीय इराकी बालकको हो । जो तत्कालीन आधुनिक द्धन्द्धको हिंसामा नराम्रोसंग घाईते भएका थिए ।


३. यी ५ महिने बालक युद्धको दौरान यमनमा जन्मे र मृत्युसंग लडे, तर मृत्युलाई जित्न भने सकेनन्  । युद्धको समयमा जन्म र खानेकुरा नपाएर मृत्यको मुखमा पुगेका यी बालकको तस्विर मर्नुभन्दा एकदिन अगाडि फोटोपत्रकार उडाइ फैसलले लिएका हुन् ।

४. सुनामी पछि : एउटा क्षणलाई प्रस्तुत गर्ने यो तस्विर भारतको तामीलमा सुनामी आएको बेला रायटर्सका फोटोपत्रकार एर्को दत्तले लिएका हुन् । यो तस्विरले २००४ को विश्व फोटो अर्वार्ड पनि जितेको थियो ।


५. वल्र्ड ट्रेड सेन्टर : दुईटा जम्ल्याहा टावर द वल्र्ड ट्रेड स्न्टरमा विमान ठोक्काई दिएपछि निस्केको धुवाँको मुस्लो ।


६. एक्लैको शक्ती  : २००६ मा इजरायली अधिकारी अर्को तर्फबाट आएको बललाई रोक्दै । धेरै सर्बसाधारणले सैनिक शासन भोग्नुपरेको थियो । यो तस्विर द्धन्द्धको समयमा ईजरायली फोटोपत्रकारले खिचेका हुन् । जहाँ एउटा साहसिक महिलाले प्रहरीको बललाई रोक्दै छिन् ।

यो पनि पढ्नुहोस  सर्वोच्चले फेरि भन्यो- अर्को आदेश नभएसम्म एनसेलबाट कर नउठाउनू


७. खुट्टामुनी बन्दुकका गोली : ल्स एन्जलका फोटोग्राफर क्यारोलीन कोलले लाइबेरिया गएको बेला खिचेको तस्विर हो । यो तस्विरले लाइबेरियाको भयानक ‘सिभील वार’लाई देखाउदछ ।


८. भोकमरीले कसैलाई चिन्दैन , चाहे उ गरिब दशको होस् या गरिब । सुदिप्ता मौलीकले लिएको यस त्स्विरमा दर्जनौ मानिसहरु खानाको लागी भगवानसंग प्राथना गरिरहेका छन् ।


९. गरिबी : खानाको लागी नरिवल बेच्न हिडेका यी व्यक्ति साथमा आफ्नो छोरासहित । यो भारतको जयपुर गाउको हो ।


१०. दक्षिण सुडानको यो तस्विर भोकमरीले सताएका बालकको हो । यहाँ कैयौ व्यक्ति भोकमरीले ग्रसित छन् ।


११. सिरियामा भइरहेको सिभिल वारको समयमा मृत्युसंय लडिरहेका यी व्यक्ती ।


१२. गिद्ध र सानी बालीका : गिद्धले ती बालीकालाई मर्छ अनि आफ्नो आहारा बन्छ भनेर पर्खिरहेको छ । १९९३ मा सुडानमा भोकमरीको बेला फोटोपत्रकार क्याभिन कार्टरले लिएको तस्विर हो ।

१७,पुष.२०७४,सोमबार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: