नयाँ बर्षको पहिलो रात: मापासे गर्नेमाथी ठूलै घात, १७ हजार चालक मापसेविरुद्धको कारबाहीमा !

नेपालीजनता

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ ।

आइतबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकांश महिला रहेका छन् । 

दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकाहरुलाई चेकजाँच गर्नका लागि दिल्लीका सडकहरुमा व्यवस्थापकीय तयारी कडा गरेको थियो ।
प्रहरी अधिकारीहरुका अनुसार नयाँ दिल्लीका ४३३ ठाँउमा बसेर प्रहरीले चेक जाँच गरेका थिए भने मादक पदार्थ प्रयोगबारे जाँच गर्ने झण्डै १२५ वटा परिक्षण यन्त्र समेत प्रयोग गरिएको थियो ।

प्रहरीले रातभरी नै चेकजाँच गरेको दिल्ली प्रहरीका वरिष्ठ प्रहरी अधिकारी दिपेन्दर पाठकले जानकारी दिए  ।

कारबाही भोग्नेमा पुरुष भन्दा महिला बढी भएको विषयमा सोधिएको प्रश्नमा उनले भने , “ट्राफिक नियम कुनै लिङ्ग विषेश विरुद्ध छैन ।”

“हामीले मध्यरात भन्दा अगाडि  सम्ममा ७४५ जनालाई कारबाही गरेका थियौं भने मध्यरातपछि एक हजार सात जनालाई कारबाही ग¥यौ,” पाठकले थपे  ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकोमा कारबाही भोग्नेमध्ये ९० प्रतिशत भन्दा बढी युवा रहेका पाइएको छ । उनीहरु पनि विषेश गरेर महिला नै रहेको प्रहरी श्रोतले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रबृत्तिसँग सडक दुर्घटनाको पनि प्रत्यक्ष सम्बन्ध रहेकाले दिल्ली प्रहरीले कडाई गर्न थालेको छ ।

प्रहरीले सवारी साधन चलाउन मादक पदार्थ सेवन गर्नेलाई लामो समय जेल सँजाय र धेरै रकम तिराउने दण्ड सँजायको पनि व्यवस्था गरेको छ ।  -सिन्ह्वा

यो पनि पढ्नुहोस  ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
१८,पुष.२०७४,मंगलवार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: