सन् २०१८ को पहिलो दिनः तीन लाख छ हजार शिशु जन्मिए, आधा सङ्ख्या विभिन्न नौ देशको मात्रै !

नेपालीजनता

काठमाडौं। सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ)ले पुस १७ गते सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार शिशुमध्ये बङ्गलादेशमा मात्र आठ हजार ३७० (२.१७ प्रतिशत) शिशु जन्मिने अनुमान रहेको यूनिसेफद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी नवबर्षको पहिलो दिन भारतमा ६९ हजार ७०, चीनमा ४४ हजार ७६०, नाइजेरियामा २० हजार २१० पाकिस्तानमा १४ हजार ९१०, इन्डिोनेसियामा १३ हजार ३७०, संयुक्त राज्य अमेरिकामा ११ हजार २८०, कङ्गोमा नौ हजार ४००, इथियोपियामा नौ हजार २० र बङ्गलादेशमा आठ हजार ३७० शिशु जन्मिएको अनुमान यूनिसेफको तथ्याङ्कमा छ ।

यूनिसेफले जन्मेकामध्ये प्राय सबै शिशु स्वस्थ जन्मिने भएपनि कतिपय भने जन्मपश्चात नै मृत्यु हुने राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि काम गर्ने निकायले जनाएको छ । सन् २०१८ को पहिलो शिशु किरिबाटीको क्रिश्मस टापूमा जन्मिने छ भने अन्तिम शिशु अमेरिकामा जन्मिने छ, यूनिसेफको विज्ञप्तिमा छ ।  -सिन्ह्वा

यो पनि पढ्नुहोस  युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
१८,पुष.२०७४,मंगलवार १६:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: