माओवादीको बैठकमा के के भए निर्णय ? पार्टीका नेता व्यवस्थापन गर्न कार्यदल गठन

नेपालीजनता

काठमाडौ । एमालेसँगको एकताको सम्बन्धमा निर्णायक छलफल गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ निवास खुमलटारमा भएको बैठकले एकतामा पार्टीका नेता व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल बनाएको छ । कार्यदलमा टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर छन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गोरखामा नारायणकाजी श्रेष्ठ र पर्सामा उर्मिला अर्याल लगायतका नेतालाई अन्र्तघात गरी हराएको निश्कर्ष निकाल्दै अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् । बैठकले नयाँ सरकार गठनको लागि बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेको छ । राजनीतिक गतिरोध अन्त्य, नयाँ सरकार गठन र पार्टी एकताका विषयमा बैठकमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी गराएकी छन् ।

यो पनि पढ्नुहोस  गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन
१८,पुष.२०७४,मंगलवार १७:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: