रुघाखोकीले ४ को मृत्यु, समयमै बजेट विनियोजन नभएकाले औषधि अभाव, अस्पतालमा सिटमाेल पनि छैन !

नेपालीजनता

हुम्ला । तीन दिनयता सर्केघाट गाउँपालिकामा रुघाखोकीले ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केघाट गाउँपालिका–७ का भ्याले कार्की, खोइया शाही, गोर्‍या जैसी र ८ नम्बर वडाका शंकरे रोकाया छन् । उनीहरू सबै ६५ वर्षमाथिका हुन् ।

स्थानीय कलबहादुर एडीका अनुसार कार्की, शाही र जैसीको आइतबार, रोकायाको मंगलबार बिहान मृत्यु भएको हो । दुई सातायता फैलिएको रुघाखोकीले यस गाउँपालिकामा सयौं थलिएका छन् ।

बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको एडीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार लामो समयदेखि पानी नपरेका कारण धूलो र बढदो चिसोले संक्रमण फैलिएको हो ।

गाउँमा औषधि र स्वास्थ्यकर्मी अभाव छ । दरबन्दीका स्वास्थ्यकर्मी बिदामा रहेकाले स्वाथ्यचौकीमा कोही छैनन् । स्थानीयका अनुसार रोडीकोट गाउँपालिकाको राहदेउँ गाउँको प्राथमिक स्वास्थ्य चौकीमा त सिटामोल पनि छैन ।

अघिल्ला वर्ष जिल्ला अस्पतालबाट औषधि खरिद गरी तल्ला निकायमा पठाउने गरिएकोमा यस वर्षदेखि स्थानीय तहबाटै खरिद गर्ने भनिए पनि समयमै बजेट विनियोजन नभएकाले औषधि अभाव भएको हो ।

यो पनि पढ्नुहोस  ११ वर्षीया बालिका बनिन् आमा, छाक टार्नसमेत धौधौ
१९,पुष.२०७४,बुधबार ०७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: