सरकारी अस्पतालकाे विजाेग, वीर र कान्ति बाल अस्पतालमा उडुसआतंक, उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीसमेत हैरान !

नेपालीजनता

काठमाडौं । देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । उडुसको टोकाइबाट उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीसमेत हैरान भएका हुन् ।

पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ । दाङबाट मिर्गौलाको उपचार गर्न छोरालाई लिएर एक साताअघि वीर अस्पताल आएका चन्द्रबहादुर श्रष्ठ उडुसका कारण रातभरि सुत्न नसकेको बताउछन् ।

बिरामी र कुरुवा मात्र होइनन्, उडुसको टोकाइबाट अस्पतालका स्वास्थ्यकर्मी पनि हैरान छन् । रात परेपछि उडुसले टोकेर हैरान पार्ने गरेको स्वास्थ्यकर्मी बताउछन्  ।

यो पनि पढ्नुहोस  कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु
२०,पुष.२०७४,बिहीबार १७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: