एयर एसिया: सेवा शुल्क बापतको सात करोड बुझाएन, मलेसियाको वायुसेवा कम्पनीमाथी पैसा तिराउन ताकेता !

नेपालीजनता

काठमाडौं । मलेसियाको वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालमा लागि आधिकारीक टिकेटिङ कम्पनी इन्सेन्टिभ गु्रपले नेपाल पर्यटन बोर्डलाइ बुझाउनुपर्ने पर्यटन सेवा शुल्क बापतको सात करोड रुपैयाँ बुझाएको छैन ।

एयर एसियाको जनरल सेल्स एजेन्ट (जीएसए) पाएको यो कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि शुल्क बापतको सात करोड २३ लाख रुपैयाँ नबुझाएको पर्यटन बोर्ड स्रोतले जानकारी दिएको छ ।

इन्सेटिभ गु्रपले सन २०१६ को नोभेम्बरपछि बोर्डलाई तिर्नुपर्ने रकम तिरेको छैन। नेपालबाट बाहिरिने हरेक विदेशी पर्यटकले पर्यटन सेवा शुल्कवापत बोर्डलाई करबाहेक एक हजार रुपैयाँ बुझाउनु पर्छ । बोर्डको आम्दानीको मुख्य स्रोत नै यही पर्यटन सेवा शुल्क हो ।

यो पनि पढ्नुहोस  नायिकाको गोप्य अंग देखिएपछि…
२१,पुष.२०७४,शुक्रबार ०७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: