जाजरकोटमा एक सातादेखि फैलिएको भाइरल प्रकोपले ९ को ज्यान लियाे, तीनसय भन्दा बढी बिरामी

नेपालीजनता

काठमाडौँ । जाजरकोटमा एक सातादेखि फैलिएको भाइरल प्रकोपले ९ को ज्यान लिएको छ । अत्यधिक चिसोसँगै बढेको भाइरल र रुघाखोकी संक्रमणले सर्वसाधारणको मृत्यु भएको  छ ।

भाइरल ज्वरोले मझकोटमै नौ जनाको मृत्यु भएको हो । गाउँ नै बिरामीले थलिएका छन् । मझकोट–२ की धनरुपा नाथ, सतवीर शाही, आइपि तिरुवा, करसिंह टमाटा, अर्का चारवर्षीय बालक, दुई महिना र एकहप्ताका शिशुको मृत्यु भएको छ । ज्वरोले तीनसय भन्दा बढी बिरामी छन् ।

भाइरल प्रभावित क्षेत्र सदरमुकाम खलंगाबाट दुई दिन पैदल हिँड्नु पर्छ । चिसो बढेपछि स्थानीय विद्यालय पनि बिदा गरिएका छन् ।

यो पनि पढ्नुहोस  निर्वाचन आयोगले जसपा विवाद टुंग्याउन कार्यकारिणी समितिको गर्ने सनाखत
२२,पुष.२०७४,शनिबार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: