बाढीपीडितलाई राहत दिन एक अर्ब, रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई अख्तियारी !

नेपालीजनता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले तराइका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो कपडा खरिदका लागि रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपियाँको अख्तियारी दिएको छ ।

गत साउनको अन्तिम साता आएको बाढीका कारण पूर्ण रुपमा घ क्षति भएका ४१ हजार ६ सय १२ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपियाँ वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई आइतबार अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए ।

यो पनि पढ्नुहोस  कोरियामा अब सीप परीक्षण अनिवार्य: नयाँ प्रणाली लागू
२६,पुष.२०७४,बुधबार ०७:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: