जाजरकोटमा फैलिएको भाइरल नियन्त्रणबाहिर, मृत्यु हुनेको संख्या १४ पुग्यो !

नेपालीजनता

जाजरकोट । तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप तीन जनाको मृत्यु भएको छ । मंगलबार एक जना र बुधबार थप तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । भाइरल नियन्त्रणबाहिर गएको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको हो । त्यस्तै जुनीचाँदे –५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको ज्यान गएको छ । उनीहरु दुवैको उपचारको अभावमा मृत्यु भएको हो । भण्डारी शिविरमा आएर पनि राम्रो उपचार नपाएपछि निजी मेडिकलमा गएको र त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लागेका थिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् ।

यो पनि पढ्नुहोस  सरकारको न्यूनतम साझा कार्यक्रम : स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने
२७,पुष.२०७४,बिहीबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: