अग्रवालले हाजिर गरे, पूर्वमहान्यायाधिवक्ता भन्छन्- ‘अग्रवाल डिन हुन मिल्दैन’ !

नेपालीजनता

काठमाडाैं । पूर्वमहान्याधिवक्ता रमणकुमार श्रेष्ठले प्राडा. जगदीशप्रसाद अग्रवालले पुनः डिनको जिम्मेवारी लिन नपाउने बताएका छन् । ‘सर्वोच्च अदालतले डा. शशि शर्मालाई डिनमा पुनरर्बहाली गरेसँगै अग्रवाल हटेका हुन्,’ श्रेष्ठले भने, ‘अब आइओएममा नयाँ डिन नियुक्ति हुने हो । अग्रवालले कुन अधारमा पद सम्हाल्न गए त्यो सोचनीय विषय हो । सर्वोच्च अदालतले कुनै पनि बँुदामा शशि शर्मा पछि पुनः अग्रवाल डिन हुनु भनेको छैन ।’

अधिवक्ता ओम प्रकाश अर्यालले भने जगेडामा बस्नुपर्ने व्यक्तिलाई डिन बनाएर आधिकारिक व्यक्तिलाई जगेडामा राख्ने जमर्को गरेको बताए । उनले चार वर्षका लागि डिनमा डा. अग्रवाल नियुक्त भएका हुनाले यसमा कुनै कानुनी अड्चन नरहेको दाबी गरे । डा. शशि शर्माको कार्यकाल सकिएलगत्तै स्वतः अग्रवालले डिनको कार्यभार सम्हान्न पाउने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस  प्रतिनिधिसभा पुन:स्थापनापछि पहिलोपटक कार्यव्यवस्थाको बैठक बस्दै
२९,पुष.२०७४,शनिबार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: