प्रदेशसभाका समानुपातिक सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान

नेपालीजनता

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोग प्राङ्गणमा शुक्रबार आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्। प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो। समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका हुन्।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल छन्। उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए।

त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ। पाँच सय ५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैँजू हुन भने सबैभन्दा बढी उम्मेरका नेपाली काँग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वाचित भएका छन्।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।

प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो।

यो पनि पढ्नुहोस  सचिवले स्वीकृत गर्नुपर्ने फाइल मन्त्रीको दराजमा
५,माघ.२०७४,शुक्रबार १४:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: