सम्पदा पुनर्निर्माण अलपत्र, चौघेरा सत्तल र केही मन्दिरको पुनर्निर्माण ठप्प !

नेपालीजनता

भक्तपुर । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि नेपालकै प्राचीन चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल र केही मन्दिरको पुनर्निर्माण ठप्प छ । उक्त सत्तल र मन्दिर पुनर्निर्माण गर्ने भनेर एउटा संस्थाले ओगटेर राखेको हो ।

सम्पदा र वातावरण संरक्षण फाउन्डेसन नेपाल नामक संस्थाले चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल र केही मन्दिर पुनर्निर्माणको नाउँमा सम्पदाहरु झोलामा राखेको हो ।

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले नेपालकै प्राचीन भक्तपुरको चाँगुनारायण मन्दिर, मन्दिर परिसरको चौघेरा सत्तल, किलेश्वर महादेव, बधेश्वर महादेव र लक्ष्मीनारायण मन्दिरलाई क्षति पु¥याएको थियो । भूकम्पले क्षति पुगेलगत्तै पुरातत्व विभागले टेको राखेर मन्दिरलाई तत्काल ढल्नबाट बचायो । तर किलेश्वर महादेव, बधेश्वर महादेव र लक्ष्मीनारायण मन्दिर माटोमै मिले । चौघेरा सत्तल समेत क्षतिग्रस्त भयो ।

भूकम्पले क्षति पुगेलगत्तै पुरातत्व विभागले टेको राखेर मन्दिरलाई तत्काल ढल्नबाट बचायो तर किलेश्वर महादेव, बधेश्वर महादेव र लक्ष्मीनारायण मन्दिर माटोमा मिले । भौधेरा सत्तल क्षतिग्रस्त भयो ।

भूकम्प लगत्तै फाउन्डेसनले चाँगुनारायण मन्दिरसँगै त्यस परिसरका सबै सम्पदा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो । तर पुरातत्व विभागका केही कर्मचारीको असहमतिले गर्दा फाउन्डेसनले चाँगुनारायणको मूल मन्दिरबाहेक सम्पदा पुनर्निर्माण गर्ने जिम्मा समेत पायो । उसले जिम्मा पाएअनुसार भूकम्पमा भत्किएको किलेश्वर महादेव मन्दिर भने पुनर्निर्माण गरिसकेको छ । तर चौघेरा सत्तलको दक्षिणस्थित अमात्य सत्तल पुनर्निर्माण बीचमै छाडेर फाउन्डेसन वेपत्ता भएको छ ।

यो पनि पढ्नुहोस  आजदेखि काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली,थप खुकुलो निषेधाज्ञा
७,माघ.२०७४,आईतवार १३:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: