मेलम्चीको काम धमाधमः काठमाडौं उपत्यकामा पाईप विछ्याउने काम अन्तिम चरणमा

नेपालीजनता

काठमाडौं । मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालय अन्तरगत मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को हाल सम्मको लगभग सकिन लागेको कार्यालयले जनाएको छ । 
काठमाडौंबासीलाई काकाकुल हुनबाट बचाउन ल्याइएको मेलम्ची आयोजनाले विभिन्न प्रोजेक्ट मार्फत काम गर्दै आएको छ । पानी सुन्दरीजलमा झरेको ६ महीलाभित्रमै सबैको घरघरको धारामा पानी झार्ने योजना सहित काम थालिएको आयोजना कार्यान्वयन निर्देशनालयका सहायक प्रबन्धक ईन्जीनियर नेरन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । मेलम्ची सब प्रोजेक्ट टु अन्तर्गतको थोक वितरण प्रणाली प्याकेज वानको काम करिब करिब सकिएको श्रेष्ठको भनाई रहेको छ । ३ वटा रिजर्व वायर (पानी संकलन केन्द्र) बनाउने प्याकेजको कार्यक्रम अन्तर्गत बाँसबारी रिजर्व वायरको काम ९३ प्रतिशत पुरा भएको उनले नेपाली जनतासँगको कुराकानीमा बताएका छन् । ९ हजार ५ सय घन मीटर क्षमता रहेको बाँसबारी रिजर्व वायर ट्याङकीमा फिटङ लगायतको केही काम मात्रै बाँकी रहेको उनको भनाईले पुष्टि गरेको छ । त्यस्तै महाँकाल रिजर्व वायर ट्याङकीको काम ९४ प्रतिशत पुरा भएको छ । ८ हजार घन मीटर क्षमताको महाँकालमा पनि फिटीङ लगायतको केही काम बाँकी रहेको ईन्जीनियर श्रेष्ठको भनाई रहेको छ । ८ हजार ५ सय घन मीटर क्षमता रहेको आरुबारी रिर्जव वायरको काम भने ७५ प्रतिशत मात्र पुरा भएको छ । पछि शुरु भएकोले छत ढलान भएर फिनिसिङको काम भईरहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका ईन्जिनियर श्रेष्ठका अनुसार महाँकाल खानेपानी कार्यालय देखी चाबाहील चोकसम्म नौ सय नौ मीटर पाईप १४ सय मीमी ब्यसको डीआई पाईप विच्छ्याउने कार्य सम्पन्न भएको छ । यससँग सम्बन्धित भल च्याम्बरको काम पनि सम्पन्न भईसकेको छ । त्यहाँ पानीको प्रेसर टेष्टको काम मात्रै बाँकी रहेको छ ।
उता चाबाहील चोक देखी गौशाला चोकसम्म ११ सय ९३ मीटर पाईप १ हजार मीमी ब्यासको डीआई पाईप विच्छ्याउने कार्य सम्पन्न भईसकेको कार्यालयले जनाएको छ । त्यहाँ पनि प्रेसर टेष्टको काम मात्रै बाँकी रहेको छ । त्यस्तै चाबाहील चोक देखी नारायणगोपाल चोकसम्म २९ सय २२ मीटरमा १४ सय मीमी ब्यासको डीआई पाईप विच्छ्याउने कार्य पनि अन्तिम चरणमा रहेको छ । ठाउँ ठाउँमा गरेर करीब साढे ८ सय मीटर पे्रसर टेष्टको काम पनि सम्पन्न भएको छ । चाबाहील र धोबीखोलाको (गोपीकृष्ण हलनेर) मुनि पाईप क्रसिङ कार्य सम्पन्न भईसकेको बताइएको छ ।
नारायणगोपाल चोक देखी बाँसबारी रिजर्व वायर ट्याङकीसम्मको १७ सय ६८ मीटर लम्बाईको १ हजार मीमी पाईपको ब्यास मध्ये करिब साढे १२ सय मीटर विच्छ्याइसकीएको कार्यालयले जानकारी दिएको छ । विच्छ्याइएको भागमा प्रेसर टेष्टको काम पनि सम्पन्न भईसकेको छ । यो लाईनमा भल च्याम्बर पनि सम्पन्न भईसकेको छ ।
न्यूरो हस्पीटल नजिकदेखी बाँसबारी रिजर्ववायरसम्म छिट्टै काम शुरु हुन थालेको छ । कलंकि खसीबजार हुर्दै सीता पेट्रोल पम्प–टियु परिक्षा नियन्त्रण कार्यालयको गेटसम्म १२ सय मीटर पाईप मध्ये ७ सय मीमी ब्यासको २ सय ५० मीटरमा ५३ मीटर सकिएको र ४ सय मीमी ब्यासको ९ सय ५० मीटर पाईपमा ७ सय ८१ मीटर सकिएको छ । बाँकी काम चक्रपथ सुधार आयोजनाबाट फर्मेशन लेबल उपलब्ध भएपछि शुरु हुन्छ । यता उक्त क्षेत्रमा छिटो काम सम्पन्न गर्न स्थानियले माग गरेका छन । मेलम्चीले छिटो काम सम्पन्न गरेमा धुवाँ धुलोबाट छुटकारा पाईले स्थानिय ब्यापारी सुरज श्रेष्ठले बताए । उनले भने, यहाँ एकदमै धुलो उडेने ठाउँ हो । यो ठाउँको ब्यबस्थापनमा खानेपानी छिटो भन्दा छिटो काम सम्पन्न गर्नु पर्छ ।
अर्को स्थानिय रमेश ताम्राकारले मेलम्ची आयोजनाले अन्य कामलाई थाती राखेर भएपनि धुलो धुवाँ नआउने गराई तत्काल काम सिध्याउन आग्रह गरेका छन् । 
एकान्तकुना देखी ताल्छीखेल चोक सम्म १८ सय ८२ मीटरको ४ सय मीमी ब्यासको पाईप मध्ये १७ सय ८८ मीमी विच्छेयाईसकीएको र विच्छ्याइएकोमा प्रसर टेष्ट पनि सम्पन्न भईसकेको छ । एकान्तकुना चोकको क्रसिङ एउटा बाँकी रहेको तथा ताल्छीखेलचोकनेर भर च्याम्बर बनाउन बाँकी रहेको कार्यालयले बताएको छ । कार्यालयले छिटो भन्दा छिटो काम सक्ने गरी काम भईरहेको जनाएको छ । “काठमाडौं उपत्यकावासिले मेलम्चीको पानी पीउने सपना चाडै पुरा गराउने कुरामा हामि काठमाडौं वासि ढुक्क भएका र्छौ” भन्छन्, कोटेश्वरका सूर्य खड्का । उनी भन्छन् धुवा धुलोलाई केहि समय सहन सक्नु पर्छ । माटोको काम गर्दा धुवा धुलो त भइहाल्छ नि ? यति धुवा धुलो सहेर भएपनि काठमाडौंमा पानी आएमा भावि सन्ततीहरुले काकाकुल त हुनु पर्ने थिएन ।

७,माघ.२०७४,आईतवार ११:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: