फिजम कप फुटबल बुधबारदेखि सुरु हुँदै

नेपालीजनता

काठमाडौ । विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा सातौं फिजम कप उपत्यकाव्यापी अन्तर विद्यालय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।
आयोजक फिजमले मंगलबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । प्रतियोगितामा उपत्यकाका २४ विद्यालय सहभागी हुनेछन् । प्रतियोगिताको बुधबार केन्द्रीय प्याब्सन अध्यक्ष विजय साम्बाहाम्फेले उद्घाटन गर्नुहुनेछ । नक आउट चरणमा खेलाईने प्रतियोगिता २० गते समापन हुने फिजम्का सचिव एवं फुटबल प्रतियोगिताका संयोजक देवीप्रसाद डोटेलले जानकारी दिए ।
विद्यालयहरुबीच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरुलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजम्ले आफ्ना सदस्य विद्यालयहरुबीच यस किसिमका प्रतियोगिता गर्ने गरेकाले त्यसैको निरन्तरता स्वरुप प्रतियोगिता गरेको डोटेलले बताए । प्रतियोगिता अन्तर्गत उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन बेस्ट गु्रप भिजन र अन्नपूर्ण सकेन्डरी स्कुलबीच हुनेछ ।

यो पनि पढ्नुहोस  विकासको ‘मोडेल’ फेर्न विश्व कैंकको सुझाव, स्रोतको उपयोग हुन नसकेको र प्राकृतिक विपत्तिमा सामाजिक सुरक्षाको अवस्था कमजोर
९,माघ.२०७४,मंगलवार २०:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: