बालविवाह विरुद्धको महाअभियालाई सफल पर्न नायिका थापा कपिलबस्तुमा

नेपालीजनता

कपिलबस्तु । छोरीको निम्ति स्वर्णिम नेपाल, महा–अभियानअन्तर्गत ‘बालविवाह अन्त्यका लागि साझा संकल्प’ सम्मेलनमा नायिका रेखा थापा कपिलवस्तु पुगेकी छन् । महाअभियानका सामाजिक अभियन्ता नरबहादुर कार्की लगायतले थालेको बालविवाह विरुद्धको महाअभियालाई सफल पर्न नायिका थापा यहा आएकी छन् ।
कालिका स्वावलम्बन सामाजिक केन्द्रले कपिलबस्तु तौलिहवामा राखेको पत्रकार सम्मेलनमा बोल्दै नायिका थापाले देशको समृद्धिका लागि छोरीहरु सबल हुनुपर्ने बताइन् । चलचित्र क्षेत्रबाट छोरी माथिको विभेद अन्त्यका लागि परिवर्तन गर्न खोजे पनि त्यसले पूर्ण नभएकोले छोरीको निम्ति स्वर्णिम नेपाल, महाअभियानमा आफू लगेको बताइन् । छोरी मन्छेहरु चुनौती लिने सकेका छन् तर मञ्च नपाएका छन् ।
यो अभियानका जन्मदाता नरबहादुर कार्कीले देशबाटै बालविवाह र महिला हिंसा अन्त्य गर्ने भन्दै नेपाललाई छोरीहरुको स्वणिर्म देश बनाउने अठोट व्यक्त गरे । उनले नेपालमा छोरी भएर जन्मिने अनुकूल देश नभएको तर्क गरे। उनले आर्थिक लाभविना महाअभियानमा लागिरहेको बताए। देशका ३३ लाख बालिकाको भविष्य उज्ज्वलका लागी महाअभियानमा जुटेको कार्कीले बताए ।
बाल विवाह नेपालमा सबैभन्दा ठुलो सामाजिक प्रभावको रुपमा रहेको छ ।बाल विवाह हुने विश्वको २५ औ स्थानमा नेपाल पर्दछ । दक्षिण एसियाकै नेपाल तस्रो स्थानमा वाल विवाह हुने देश हो । २०१७ देखि सुर्खेतबाट यो अभियान सुरु भएको छ । नेपालमा अहिले ३७ प्रतिशत छोरीको विवाह १८ वर्षभन्दा पहिले नै हुने गर्दछ। १० प्रतिशत छोरीहरुको विवाह १५ वर्ष पहिले हुने गर्दछ ।

यो पनि पढ्नुहोस  मारिएका ‘डन’का कारण रुपन्देही एमालेभित्र विवाद
९,माघ.२०७४,मंगलवार २०:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: