मेयर कप वर्षा कारण अवरुद्ध

नेपालीजनता

बैतडी । बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ ।

गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधिका लागि दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहीमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले स्तब्ध पार्दै देहीमाडौँ उपाधि नजिक पुगेको हो ।

शहीद दिवशको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

यो पनि पढ्नुहोस  घोराही उपमहानगरमा हचुवामा रु.७ करोडको काम, निर्माण लागत अस्वाभाविक
१०,माघ.२०७४,बुधबार १४:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: