भ्यालेन्सियामाथि रोनाल्डो सानदार दुई गोल

नेपालीजनता

क्रिस्टियानो रोनाल्डो प्रेरित खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ४-१ को प्रभावशाली जित निकालेको छ। स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति रियललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे। भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा हराउने क्रममा रोनाल्डोको २ तथा मार्सेलो र टोनी क्रुसको नाममा एक(एक गोल रह्यो । रोनाल्डोले खेलको १६औं र ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई पहिलो हाफअघि नै २-० को अग्रता दिलाएका थिए। म्याड्रिडले पहिलो पेनाल्टी भ्यालेन्सियाका खेलाडीले फउल गरेपछि पाए भने दोस्रो पेनाल्टी करिम बेन्जिमालाई भ्यालेन्सियाका खेलाडीले धकेलेकाले पाएको हो।गएरातिको २ गोलसँगै रोनाल्डोले ला लिगामा यो सिजन गोल संख्या ८ पुर्‍याउन सफल भए। दोस्रो हाफमा थप लयमा देखिएको घरेलु टोलीले ५८औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने कोशिस गर्‍यो। मिना लोरेन्जोले भ्यालेन्सियाका लागि गोल फर्काएका हुन्। तर, ८४औँ मिनेटमा मार्सेलो तथा ८९ औँ मिनेटमा क्रुसले गोल गरेपछि भ्रमण टोली रियल मड्रिडले ४-१ को प्रभावशाली जित दर्ता गर्‍यो। यो जितसँगै चौथो स्थानको रियलले तेस्रो स्थानको भ्यालेन्सियासँगको अंक दूरी दुईमा झारेको छ। यस्तै, शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी पनि १६ मा छोट्याएको छ। गत बुधबार राति भएको खेलमा पराजित हुँदै रियल कोपा डेल रेबाट बाहिरिएको छ भने स्पेनिस ला लिगामा पनि उसको सम्भावना कमजोर छ । यस्तोमा रियलसँग अबको आशका रुपमा च्याम्पियन्स लिग मात्र बाँकी रहेको छ।

यो पनि पढ्नुहोस  किन पर्न सकेन जुम्लामा उच्च शिक्षा छात्रवृत्ति
१४,माघ.२०७४,आईतवार १३:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: