सँगै काम गर्ने महिलासँग जब श्रीमान फसे, अनि मर्न अाैषधी खाएँ

नेपालीजनता

त्यसरात जब मेरा पति घरबाट निस्के, मलाई मेरो दुनियाँ सकिएको महशुस भयो । यो तबाहीको आवाज कही पनि सुनिएन, बरु यसको ठाँउ भयानक मौनताले लियो ।

म आफ्नी १० बर्षकी छोरीसँग उभिएका ति तस्वीर सम्झिरहेकी थिएँ, जुन हामीले पछिल्ला १० वर्ष सँगै रहेर सजाएका थियौँ ।

मैले कैयौपटक उनीसँग कुरा गर्ने कोशिष गरे । तर, हरेक पटक उनले जवाफ दिए अब हाम्रो विवाह सकियो ।

पछि मलाई उनका साथीबाट थाहा भयो कि उनी आफूसँगै काम गर्ने एक महिलासँग सम्बन्धमा छन् ।

ती अवस्थाको बयान गर्नका लागि ‘स्तब्ध रहनु’ कुनै सही शब्द थिएन ।

म अब अरु जिउन चाहँदिन थिए । आफूलाई सिध्याउन भनेरै मैले धेरै औषधी खाएँ ।

सायद म मर्थेँ, तर खै कसरी बाँचेँ ?

मैले उनका अगाडि कहिल्यै आफ्नो जीवनको कल्पना गरेकी थिइनँ ।

मैले विवाहपछि आफ्नो भविष्यको बारेमा केही सोचेकी पनि थिइनँ ।

मैले मेरो मायालाई अरु दोस्रो कुनै महिलासँग देख्न सक्दिन थिएँ । म यो सच्चाईएको स्वीकार गर्न चाहँदिन थिए ।

म आफ्नो जीवन साथीलाई अर्को महिलासँग बाँड्नका लागि तयार थिइँन ।

म पीडा र दुःखले घेरिएकी थिएँ । म ति महिलालाई गाली गरिरहेकी थिएँ, जबकी यो भुलेकी थिए कि यसमा मेरा पतिको पनि उत्तिकै जिम्मेवार छन् ।

म यो सम्झिरहेकी थिएँ कि, यो सबै एक पलमा भएको होइन । बितेका केही याद मेरो दिमागमा चल्न लागे । र, म ती घटना एक–एक गरेर जोडन थालेँ ।

मैले आफ्नैतिर हेर्न लागेँ, न म सुन्दरी छु, न धेरै पैसा कमाउँछु ।

‘तिमीलाई पाउनु मेरो सौभाग्य हो’, यो कुरा मेरा लागि बदलियो र भयो, ‘तिमी मेरो जिन्दगीमा आउनु दूर्भाग्य थियो ।’

‘तिमी बहुतै राम्रो छौँ ’ यो बदलिएर भयो, ‘तिमी मसँग रहन लायक छैनौँ ।’

यो पनि पढ्नुहोस  सशस्त्रद्धारा २२ लाखको सामान बरामद

मैले उनका गर्लफ्रेन्डका अगाडि आफूलाई गाउँकी काम नलाग्ने केटी महशुस गर्न लागेँ ।

उनी मलाई भन्थे, ‘तिमीलाई अंग्रेजी बोल्न समेत आउँदैन, तिमीलाई कसले नोकरीमा राख्छ ?’

म उनको नजरमा तल परेकी मात्र थिइँन म आफै पनि आफूलाई कमजोर महशुस गर्न लागेँ । मलाई लाग्न थाल्यो कि म उनका लागि योग्य छैन ।

म घरका सबै काम हेर्थेँ । बजारबाट समान किन्नेदेखि बीमारीको रेखदेखसम्मका सबै काम म नै गर्थेँ ।

उनले मलाई बाहिर लैजान बन्द गरे, न कुनै पार्टीमा न कुनै डिनरमा न त कुनै सामाजिक समारोहमा ।

जुन व्यक्तिलाई मैले सबैभन्दा बढी माया गरेँ, उही मलाई छाडिरहेको थियो । मबाट टाढा राखिरहेको थियो ।

विस्तारै–विस्तारै हामीबीचको प्रेम सकियो ।

मलाई यो प्रेम सकिएको महसुश भयो, मैले यसलाई फिर्ता पाउने कोशिष गरेँ । सफल हुन सकिँन । एक रात उनी घरबाट निस्के ।

घरबाट हिडेपछि उनी कुनै अर्को घरमा बस्न थाले । म आफ्नो छोरी र घरका अन्य सदस्यसँग पुरानै घरमा बस्न थालेँ ।

यस्तो होइन कि मेरो घरवाला मलाई त्यहीँ राख्न चाहन्थे । उनीहरुलाई आशा थियो कि शायद मेरो त्यहाँ बसाईले मेरो पति फर्केर आउँछन् ।

ढोकामा हरेक ‘नक’ हुँदा म दौडिएर जान्थेँ । तर, त्यहाँ कहिले कुरियलवाला वा कहिले नोकरको अनुहार देखेर निराश हुन्थेँ ।

मैले आफ्नो पुरा जिन्दगी उनको आसपास बुनेँ । मेरो उमेर उनीसँगै बितेको थियो । यो समय नयाँ शुरुवात गर्ने बेला थिएन ।

आफ्नो सम्बन्ध बचाउनका लागि मैले कैयौ पटक सोचेँ । मै आफै लडेँ । मेरो मानसिक अवस्था सम्झाउनका लागि मेरी छोरी सानी थिइन् ।

यी सबै कारणले मेरो स्वास्थ्य निकै खराव भएको थियो । म चाहन्थेँ कि उनको काँधमा टाँउको राखेर आराम गर्न सकुँ ।

यो पनि पढ्नुहोस  रुपन्देहीमा युवकको हत्या, ५ जना पक्राउ

मलाई उनको आवश्यकता महशुस हुन्थ्यो । म चाहन्थेँ कि उनले लगाएको घाउमा उनी नै मलम लगाउन् ।

तर, उनले कोर्टमा सम्बन्ध विच्छेदको निवेदन गरे ।

धेरै कठिन हालतकाबीच मैले मुद्दा लडेँ । मलाई यो सम्झन तीन वर्ष लाग्यो कि जुन सम्बन्ध बचाउन मैले यति प्रयास गरेँ, जुन पहिला नै मरिसकेको थियो ।

म जो व्यक्तिका लागि यति धेरै गरिरहेकी थिएँ, जसको जिन्दगीमा मेरो केही अस्तित्व भएन । अन्तिममा म थाकेँ ।

म थाकेँ, अदालतका जाँदा जाँदा । वकिलका सवालको जवाफ दिदादिँदै । र, कानुनी खर्च जम्मा गर्दागर्दै ।

आखिरमा आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि तयार भएँ ।

मैले आफ्नो नयाँ परिचय स्वीकार गरेँ ‘सम्बन्धविच्देदवाली’ । एक यस्तो उपनाम जसलाई हाम्रो रुढीवादी समाजले इज्जतसँग हेर्दैन ।

म त्यसबेला ३९ बर्षको थिएँ । मेरो लागि सबैभन्दा पहिला चुनौति नयाँ घर खोज्ने थियो । मलाई कैयौँ प्रश्नको सामना गर्नुपर्यो, जस्तै तिम्रो पति कहाँ छन् ?

उनी के काम गर्छन् ?

म यी सवालका लागि तयार थिइँन । म पुराना ती दिन सम्झिन चाहदैनथेँ । मेरो साथीले मलाई समयबाट बाहिर निकाल्ने कोशिष गरिन् ।

उनी मेरो जिन्दगीमा कुनै भगवान भनेर आइन् । उनले मलाई साहस दिइन्, ‘सिंगल मदर’ हुनका लागि तयार बनाइन् । यी सबै त्यति सजिलो थिएन ।

मेरो पतिले सम्बन्ध विच्छेद गरेलगत्तै ती साथीसँग विहे गरे । जब म उनीहरुलाई देख्थेँ, मेरा पुराना घाउ बल्झिन्थे ।

त्यहीँ कठिनघडीमा मेरो बुवा–आमाको पनि निधन भयो । मेरो जिन्दगीमा मात्र दुई चिज बाँकी रहेँ, मेरो नोकरी र मेरो छोरी ।

मैले आफ्नो करियरमा ध्यान दिन लागेँ । विस्तारै–विस्तारै कर्पोरेट घरानाको सीढी चढन थालेँ ।

मैले आफ्नो मनपर्ने विषय अर्थात् ‘लेखन’ मा आफुलाई व्यस्त गरेँ । आफ्नो पतिलाई खाना बनाउनुको सट्टा मेरो साथीका लागि खाना बनाउन लागेँ ।

यो पनि पढ्नुहोस  आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

आफ्नो पतिको कमी पूरा गर्नका लागि मैले भर्चुअल दुनियाँ अथवा सोशल मिडियामा केही साथी बनाउन शुरु गरेँ ।

यो भर्चुअल दुनियाँले मलाई आभास गरायो कि आसपासको संसार कति ठूलो छ ।

मेरो एक्लोपन फेसबुकमा मेरो पोस्टमा आउने लाइक र कमेन्टसले टाढा बनाउन थाल्यो ।

म फेरि एक पटक आफ्नो जिन्दगीमा जिउन लागेँ । मलाई मेरो शक्तिको महसुश हुन थाल्यो । र, मैले मेरो पीएचडी पुरा गरेँ ।

जुन चिज मेरो जिन्दगीबाट खोसियो, मैले ती सबै पलहरु पाउने कोशिष गर्न थालेँ ।

लज्जा महसुस गर्नुको सट्टा, मैले मानिसँग भेट्न र विवाहका वारेमा जान्न शुरु गरेँ । यति मात्र होइन मैले सुन्दर साडी लगाउन थालेँ ।

म ती मानिसहरुलाई जवाफ दिन चाहन्थे जसले सम्बन्धविच्छेद गरी एक्की महिला सधै दुखी रहनुपर्छ भन्ने मान्यता राख्थे ।

यस्ता मानिस मलाई देखेर आफ्नो आँखा ठूला बनाउथेँ । तर, यसले मेरो आँखाको चमक झन् बढाउँथ्यो ।

मैले आफ्नो घर बनाएँ । कार्यालयको काममा केही विदेश यात्रा पनि गरेँ ।

चार वर्षपछि मलाई एक ठूलो फैसला गर्नुथियो । एक नोकरीको शिलशिलमा शहर छाडेर अर्को शहर जानु थियो । मैले नयाँ शहरमा बस्ने निर्णय लिएँ ।

मैले एक स्वतन्त्र महिलाका रुपमा दोस्रो जन्म लिएँ । आज मलाई कसैले काँधमा राख्न जरुरी छैन ।

म एक्लै हिँडन सक्छु । पुरा आत्मविश्वासका साथ चाहेँ जतिसुकै अध्यारो किन नहोस् ।

(यो जीवनकथा दक्षिण भारतमा रहने एक महिलाको जिन्दगीमा आधारित छ । बीबीसी हिन्दीका लागि संवादादात पद्या मीनाक्षीले उनीसँग कुराकानी गरेकी थिइन् । महिलको आग्रहमा उनको परिचय गोप्य राखिएको छ ।)

१५,माघ.२०७४,सोमबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: