आइपिएलका महँगा १० खेलाडी र जो चर्चित भएर पनि बिकेनन् !

नेपालीजनता

बैंगलोर । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बेन स्टोक्स लगातार दुई सिजन महँगा खेलाडी बनेका छन्। अघिल्लो पुने सुपरजाइन्टबाट खेलेका स्टोक्स यो सिजन राजस्थान रोयल्सका लागि बिक्रि भएका हुन्।

राजस्थानमै आवद्ध भएका जायदेव उनादकाद भने सर्वाधिक महँगा भारतीय खेलाडी बनेका छन्। पहिलो दिन भाउ नलागेका क्रिस गेल भने दोस्रो दिन २ करोड भारुमा किंग्स इलाभेन पञ्जावमा ब्रिकि भए।

आगामी अप्रिलमा सुरु हुने अाइपिएलका महँगा खेलाडी:

बेन स्टोक्स– राजस्थान रोयल्स – १२.५ करोड भारु
जयदेव उनाकाद– राजस्थान रोयल्स– ११.५ करोड भारु
मनिष पाण्डे– किंग्स इलेभेन पञ्जाव– ११ करोड भारु
केल राहुल– किंग्स इलेभेन पञ्जाव– ११ करोड भारु
क्रिस लियोन– कोलकाता नाइटराइडर्स– ९.६ करोड भारु
मिचेल स्टार्क– कोलकाता नाइटराइडर्स– ९.४ करोड भारु
ग्लेन म्याक्सवेल– दिल्ली डेयरडेभिल्स – ९ करोड भारु
रसिद खान– साइराइजर्स हैदरावाद – ९ करोड भारु
क्रुनाल पाण्डे– मुम्बइ इन्डियन्स– ८.८ करोड भारु
सन्जु सामसन– राजस्थान रोयल्स– ८ करोड भारु

जो बिक्री भएनन्
जोए रुट, हसिम अम्ला, मार्टिन गुप्टिल, जेम्स फल्कनर, कोरी एन्डर्सन, क्यामरन ह्वाइट, इयान मोर्गान, जोनी बिस्ट्र, त्रविस हेड, लिन्ड सिमोन्स, नाथान लियोन, डेल स्टेन, मिचेल क्लिङग,र ज्यासन होल्डर, जोस हजलउड, इशान्त शर्मा, मिचेल म्याक्लिङघन, लासिथ मालिङ्गा, स्यामुयल बद्री, एडम जाम्पा, थिसारा परेरा, अशोक डिन्डा, प्रज्ञान ओझा, आदित्य तारे।

यो पनि पढ्नुहोस  डलर फेयरले ‘बाँचेका’ एयरलाइन्स
१५,माघ.२०७४,सोमबार १३:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: