कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो

नेपालीजनता

कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ ।

नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० ले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

बेलौरी नगरपालिका–१० सडकघाटमा नगरपालिकाले सडक चौडा बनाउन रकम विनियोजन गरेपछि सडकको चौडाई बढाउने काम भैरहेको थियो ।

नेपालतिरबाट बनाउँदै लगिएको सडक एसएसबीले भारतीय दशगजामा सडक परेको भन्दै अवरोध गरेको छ । नगरपालिकाको सडक फराकिलो बनाउने योजना अन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।

तर भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा सडक बनाउन अवरोध गरेपछि विवाद उत्पन्न भएको स्थानीय कृष्णप्रसाद शर्माले बताए ।

यो पनि पढ्नुहोस  आजको राशिफल
१७,माघ.२०७४,बुधबार १५:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: