मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालीकाका मेयरका बुबाको पाण्डेको मृत्यु

नेपालीजनता

दाङ । दाङमा बुधबार मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका बुवा ७२ वर्षीय टेकबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ एयरपोर्ट नजिक रा ३ प ८७२४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका पाण्डेलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पाण्डेको राप्ती अञ्चल अस्पतालमा प्राथमिक उपचार सकेर नेपालगञ्ज लार्दैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

यो पनि पढ्नुहोस  सेनाको बीस करोडको खरीदमा सेटिङ्ग, बजेटको अघिल्लो दिन टेण्डर खुल्दै !
२४,माघ.२०७४,बुधबार २१:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: