परराष्ट्रनीति पुरालोकन गर्ने तयारी: कार्यदलले दियो प्रतिवेदन, परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगको संस्थागत सवलीकरण गर्न सुझाव !

नेपालीजनता

काठमाडौं । सरकारले परराष्ट्रनीति पुरालोकन गर्ने भएको छ । त्यसको लागि अहिले आवश्यक तयारी भइरहेकोे छ ।

नीति पुनरावलोकन गर्न गठित कार्यदलले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । कार्यदलका सदस्य प्रा डा श्रीधर खत्रीसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विहीबार प्रतिवेदन हस्तान्तरण गरेको हो ।

सरकारको बैशाख ८ गते तत्कालीन परराष्टमन्त्री डा प्रकाशशरण महतकाे संयोजकत्वमा प्राडा खत्रीसहित १६ सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगको संस्थागत सवलीकरण गर्न सुझाव दिएको छ । प्रतिवेदनमा राजनीतिक आर्थिक, सैन्य सम्बन्ध बारे पनि सुझाव दिइएको छ ।

कार्यदलको प्रतिवेदनमा बदलिंदो आयामको पहिचान गर्ने, विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकता तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न आयामका क्षेत्रगत नीतिको पुनर्मूल्यांकन गर्नुपर्ने लगायतका सुझाव उल्लेख गरिएको छ ।

नेपालले पंचायतकालदेखि असलग्न परराष्ट्रनीति अपनाउँदै आएको छ । नीति असलग्न भए पनि पछिल्लो समय राजनीति र आर्थिक लगायत सबै क्षेत्रमा भारतीय प्रभाव बढ्दै गएको छ । मुलुकमा पछिल्लोसमय परराष्टनीति कार्यान्वयन फितलो हुँदा राष्ट्रियता कमजोर हुँदै गएको आवाज उठिरहेको छ ।

यो पनि पढ्नुहोस  कसरी शक्तिशाली बने पुटिन ?
२५,माघ.२०७४,बिहीबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: