ट्र्याक्टरको ठक्करबाट १९ वर्षीय मनिष सुवेदीको मृत्यु

नेपालीजनता

उर्लाबारी, मोरङ । मोरङको धनपालथान गाउँपालिका–६ स्थित रंगेली– विराटनगर सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट आज बेलुका एक युवकको मृत्यु भएको छ ।

मृत्युहुनेमा सुनवर्षी नगरपालिका घर भएका १९ वर्षीय मनिष सुवेदी रहेका छन् । विराटनगरबाट रंगेलीतर्फ आउँदै गरेको को १० प ९६३९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाईते भएका सुवेदीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुवेदी मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकलका चालक भने सकुशल रहेका छन् । ठक्कर दिने ट्र्याक्टरसहित चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस  प्रचण्डका नेपाल पक्षले भने, "नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन"
१,फाल्गुन.२०७४,मंगलवार २०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: