प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

नेपालीजनता

विराटनगर । शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई बुधबार मुख्यमन्त्रीको नियुक्तिको पत्र दिए । योसँगै प्रदेश १ मा मन्त्रिपरिषद गठनको लागि बाटो खुलेको छ।

संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता राईलाई प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले नियुक्त गरेका हुन्। एमाले संसदीय दलमा भीम आर्चायलाई २ मतान्तरले पराजित गर्दै राई दलको नेता चुनिएका थिए। राईलाई माओवादी केन्द्रको समेत समर्थन छ।

प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम राखेको छ। प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई सपथ खुवाउने छन्। बिहीबार नै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।

मुख्यमन्त्री नियुक्त भएपछि राईले भ्रष्टाचारलाई शून्यमा झार्ने, सुशासन कायम गर्ने बताएका छन्। केन्द्रमा र प्रदेशहरुमा सातवटा सरकार बनाइरहँदा निकै धेरै आर्थिक भार व्यहोर्नुपर्ने भएकाले अवस्था र स्थितिलाई विचार गर्दै छरितो, चुस्त खालको र सकेसम्म कम आकारको मन्त्रिपरिषद् बनाउने उनले बताए।

प्रदेशको समृद्धिको मूख्य आधार कृषि, पर्यटन, जलस्रोत र उद्योग भएकाले तिनको उच्चतम उपयोग गरी ठोस गुरुयोजना बनाएर नमुना प्रदेश बनाउने राईको दाबी छ।

यो पनि पढ्नुहोस  बलात्कारका आरोपमा दुर्गाबहादुर दमै पक्राउ
२,फाल्गुन.२०७४,बुधबार २०:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: