सांगीतिक बजारमा एउटा मार्मिक गीत

नेपालीजनता

दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा पनि गीतको भिडियोको शैलीमा विविधता आउन थालेको छ। अहिलेको समयमा कभर गीतको प्रचलन निकै बढेको छ। दर्शक तथा श्रोताहरुले गीतलाई कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने मापनको एक माध्यम बनेको छ कभर गीत ।

साहित्यका विभिन्न विधाहरुमा कलम चलाएर आफूलाई स्थापित गरिसकेका विपिन मर्म नेपाली सांगीतिक माहौलमा पनि आफ्नो पहिचानको लागि निरन्तर संघर्षरत छन् । गीत मार्फत् नै केही अवार्ड हात पारिसकेका गीतकार मर्म यसपालि “माया ले…” बोलको निकै नै मार्मिक आधुनिक गीत लिएर आएका छन् । तिम्रो सधैँ राम्रो होस् भन्ने भाव समेटिएको छ गीतमा ।

गायक सागर अधिकारी “शरद” को आवाजमा रहेको उक्त गीतको संगीत विपिन घिमिरेले गरेका छन् । म्युजिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । रोहित विक्रम कार्कीको छायाङ्कनमा बनेको स्टुडियो कभर गीतको सम्पादन सुरेश राउतले गरेका छन् । उक्त स्टुडियो कभर गीत सङ्ग्स् नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हाल स्टुडियो कभरमा सार्वजनिक गीतको म्युजिक भिडियो समेत चाँडै नै निर्माण गर्ने योजना रहेको गीतकार मर्मले जानकारी दिएका छन् ।

“माया ले…” बोलको यो गीतले समाचारको स्थान प्राप्त गरेकोमा देशकै सशक्त अनलाइन न्यूज पोर्टल Setopati टिमलाई हार्दिक धन्यवाद ।

शब्द : विपिन मर्म
स्वर: Sagar Sharad Adhikari
संगीत: Bipin Ghimire
संगीत संयोजन: Devendra Newa
स्टुडियो: Music Nepal
रेकर्डिस्ट: Prakash Kharel
भिडियो सम्पादन: Suresh Raut
भिडियो रेकर्डिङ: Rohit Bikram Karki

यो पनि पढ्नुहोस  कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’ (भिडियो सहित)
२,फाल्गुन.२०७४,बुधबार २१:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: