काठमाडौंका घरघरमा धारा जडान तिव्र, मेलम्चीको पानी सुन्दरीजलमा झरेको ६ महिनामा घरघरमा पानी

नेपालीजनता

काठमाडौं । काठमाडौंवासिलाई खानेपानीको व्यवस्थापनका लागि एडिविको सहयोगमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छयाउने काम तिव्र रुपमा गरिरहेको छ ।
आयोजनाले लाइन वितरण संजाल अन्तरगत ६७० किलो मिटर पाइप विछयाउनु पर्नेमा हाल सम्म ६ सय ५० मिटर पाइप लाइनको काम सम्पन्न गरिसकेको आयोजनाका प्रवक्ता लिला प्रसाद ढकालले बताएका छन् ।
त्यसैगरि थोक वितरण प्रणाली अन्तरगत ७७ किलो मिटर पाइप विच्छया्उनु पर्नेमा हाल सम्म ६७ किलो मिटिर पाइप बिच्छ्रयाउने काम सम्पन्न भएको ढकालले जानकारी दिएका छन । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि यो आयोजनाले नयाँ खानेपानीका धारा पनि जडानको कामलाई निरन्तरता दिइरहेको छ ।
कुनै कुनै ठाउमा प्राविधिक कारणले रोकिएको काम पनि हाल आएर तिव्ररुपमा अगाडि बढाइएको आयोजनाले जनाएको छ । नयाँ बानेश्वर देखि पुरानो बानेश्वर वीचमा पनि रोकिएको कामले निरन्तरता पाएको स्थानीय वासी योगेन्द्र प्रताप शाहिले बताएका छन् ।
उपत्यकामा खानेपानीको समस्या निक्कै विकराल बन्र्दै गएको अवस्थामा मेलम्चीको पानी काठमाडौं आउने आशामा स्थानीय वासिहरुले धैयता लिएका छन । अहिलेको शुख्खा समयमा काठमाडौं उपत्यका वासिहरुको धारामा ११ दिनमा एक पटक मात्र खानेपानी लिमिटेडको पानी आउने गरेको छ । त्यो पनि प्रयाप्त मात्रमा नआएको स्थानीय वासी कोटेश्वर निवासी गोपाल गिरिको कथन छ । उनी भन्छन, “ठिकै छ अहिले पानीको समस्या भएपनि मेलम्चीको पानी काठमाडौंमा आएपछि अवश्य पनि यो अहिलेको समस्या हल हुने छ ।”
अहिले काठमाडौंमा घर घरमा धारा जडानको काम पनि तिव्र रुपमा भइरहेको छ । योजना अनुसार आयोजनाले ८३ हजार घर धुरीमा पानीको नयाँ धारा जडान गर्नु पर्नेमा हाल सम्म ४६ हजार घरधुरीमा खानेपानीको धारा जडानको काम सम्पन्न भएको प्रवक्ता ढकालले बताएका छन् । काठमाडौंको सुन्दरी जलमा पानी झरेको ६ महिना भित्रमा काठमाडौं प्रायः सबै घरमा खानेपानीको पु¥याउने आयोजना कार्यान्वयन निर्देशनालयको दैनिक कार्यतालिका रहेको छ ।
खानेपानीको व्यवस्थापन सँग सगै आयोजनाले ढलको प्रशोधन केन्द्रको पनि निमार्णकार्यलाई तिव्रगतिमा अगाडि बढाएको छ । काठमाडौं उपत्यकामा जम्मा चारबटा ढल प्रशोधन केन्द्र निर्णधिन अवस्थामा रहेका छन् । गुहेश्वरीमा दूई बटा केन्द्र निर्माण भइरहेका छन भने भक्तपुरको सल्लाघारी, ललितपुरको गोड्कुमा ढल प्रशोधन केन्द्रको निमार्ण कार्य धालिएको ढकालले नेपाली जनतालाई बताएका छन् ।

४,फाल्गुन.२०७४,शुक्रबार १२:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: