दशैँताका मेलम्चीको पानी राजधानीका धारामा

नेपालीजनता

काठमाडौं ।  एशियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको आज यहाँ आयोजित वार्षिक समीक्षा बैठकमा खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयले त्यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । योजनानुसार कार्यसम्पादन गर्न कुनै बाधा उत्पन्न नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण पूरा भई १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेछ ।
असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुनेछ ।

योजनानुसार दशैँताका आरुबारी, महाँकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ती विशाल ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिनेछ । पुराना र हाल विछ्याइएका पाइपबाट पानी प्रवाह गरेपछि चुहावटलगायत मर्मतका अन्य कार्य गरिनेछ ।

यो पनि पढ्नुहोस  भीरबाट लडेर महिलाको मृत्यु
११,फाल्गुन.२०७४,शुक्रबार १७:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: