तलदेखि माथिसम्म कार्यरत कर्मचारीहरु भ्रष्टाचारमा लिप्त, स्थानीय विकास मन्त्रालयका सचिवद्वारा पचास करोडको प्रोजेक्टमा षडयन्त्रको खेती

नेपालीजनता

काठमाडौं । स्थानीय विकास मन्त्रालय देशभरका स्थानीय तहमा विकास निर्माणका काम गर्ने प्रमुख निकाय हो । यहाँ तलदेखि माथिसम्म कार्यरत कर्मचारीहरु भ्रष्टाचारमा यति लिप्त छन् कि करोडौं योजना भएका परियोजनामा निमित्त दिंदा पनि लाखौंको चलखेल हुने गरेको कर्मचारी स्रोत बताउछ । जनकपुर जिल्ला प्राविधिक कार्यालयका डिई राजकिशोर सिंहको जागिर अवधि सकिएर भर्खरै अवकाश पाए । सो स्थानमा जुम्लाबाट राजकुमार गोहित र सप्तरीबाट कृष्णचन्द्र मिश्रले आउन दौडधुप गरे । उनीहरुले आफ्नो  पहुँच डोलिडारदेखि स्थानीय विकास मन्त्रालयका सचिवसम्म पु¥याए ।

अहिले यस मन्त्रालयमा ओभरसियरबाट बढुवा हुँदै उच्चपदस्थ कर्मचारीको हैसियतमा आइपुगेका दिनेश थपलिया सचिवका रुपमा कार्यरत छन् । ओभरसियरबाट बढुवा खाँदै सचिव बनेका उनलाई हरेक प्राविधिक कामका बारेमा जानकारी छ र कहाँबाट कसरी कतिसम्म घुस असुली हुन सक्छ भन्ने पनि प्रष्ट छ । जनकपुरमा अहिले बाटो, पुललगायत निर्माणका कामका लागि ५० करोडभन्दा बढीको परियोजना चलिरहेको छ । यति धेरै रकम खर्च गर्ने परियोजनाको प्रमुख हुन जोसुकै डिइ पनि मरिहत्ते गर्ने नै भए ।

 

जनकपुरको अवस्था बुझ्न थपलियाले उनका भित्रिया कर्मचारीका रुपमा चिनिएका डोलिडारमा कार्यरत आरसीआइपीको संयोजन गर्ने प्रोजेक्ट डिरेक्टर कुमार थापालाई पठाए । उनले त्यहाँ गएर कन्फर्म डिइ लग्नुको सट्टा त्यहीं कार्यरत ओभरसियरबाट स्वत बढुवा भई इन्जिनियर बनेका.एकजना महतोलाई नै निमित्त दिंदा बढी लाभ हुने कुरा मन्त्रालयमा पु¥याए । त्यसपछि त्यहाँ कन्फर्म डिइलाई परियोजना प्रमुखका रुपमा नलैजाने र अवकाश भइसकेका सिंहमार्फत नै सबै काम गराउने, चेकमा हस्ताक्षर गराउने कामका लागि कनिष्ठलाई निमित्त दिने योजना बन्यो ।

 

यस कामका लागि अवकाश भएका सिंह र निमित्त बनाउने महतो दुवैबाट शुभलाभ हासिल गर्न सकिने तथा कन्फर्म नभएकाले बढी भन्दा बढी कमाइ हुने प्रस्ताव थापाले नै सचिवसमक्ष राखे । यसपछि स्थानीय सचिव थपलिया पनि जनकपुर निर्माणका लागि विदेशीले दिएको रकम अधिकतम विकास निर्माणकै काममा प्रयोग नभए पनि आफूलाई ब्यक्तिगत लाभ हुने योजना कार्यान्वयन गर्न लागेको स्रोतको दावी छ ।

यो पनि पढ्नुहोस  नेपाल एयरलाइन्सको नियमित उडानले जापानबाट आएका यात्रुको हेल्चेक्राइले २१२ यात्रु होटेल क्वारेन्टिनमा

स्रोत भन्छ, २ नम्बर प्रदेशको राजधानी समेत रहेको जनकपुरमा अहिले तत्कालै कन्फर्म र अधिकारसम्पन्न डिइ नपठाउने र महतोलाई नै निमित्त दिने अन्तिम तयारी भइसकेको छ । मन्त्रालय र डोलिडारको यस्तो आशयप्रति असहमति जनाउने स्थानीय विकास अधिकारी सन्तबहादुर सुनुवारलाई थापा, सिंहजस्ता प्राविधिकको उक्साहटमा लागेर अहिले त्यहाँबाट सरुवा गरिएको छ ।

 

अवकाश भएको डिइले बाहिर बसी काम गर्ने, निमित्तले हिसाब किताबमा सही धस्काउने र भनेजति शुभलाभ तलदेखि माथिसम्मका कर्मचारीले लिइरहने । यो योजना केही दिनअघि मात्र अनुगमनका नाममा जनकपुर गएका कुमार थापा र राजकिशोर सिंहले त्यहींको एक होटलमा बसी यस्तो योजना बनाएको दावी स्रोतको छ । भ्रष्टाचारमुक्त मुलुक बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता यसरी नै कर्मचारीहरुले कार्यान्वयन गरे भने त मुलुक त बन्ला कि डुब्ला चिन्ताको विषय भएको छ ।

४,चैत्र.२०७४,आईतवार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: