महानगरका अवैध होर्डिङबोर्ड र विज्ञापन हटाउन सुरु, कम्पनी सम्पर्कमा नआए कारबाही

नेपालीजनता

काठमाडौं । काठमाडौँ महानगपालिकाले जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाउने काम सुरु गरेको छ ।

सञ्चारमाध्यम तथा जनस्तरबाट नै विज्ञापन तथा होर्डिङगबोर्ड अव्यवस्थित भएको गुनासो आउनेक्रम बढेको भन्दै महानगरले विज्ञापन तथा होर्डिङबोर्डमा निगरानी बढाउन सुरु गरेको हो ।

काठमाडौँ महानरका राजस्व विभाग प्रमुख राज्य प्रकाश प्रधानले विज्ञापन तथा होर्डिङबोर्ड राख्ने नपाइने नै भन्ने नभएको बताए । उनले भने, ‘स्वीकृत दिएको र नियमअनुसार राख्नुपर्ने हो तर त्यो नपाइएकाले विज्ञापन तथा होर्डिङबोर्डको निगरानी र कार्यान्वयनको लागि शनिबारबाट नै काम सुरु भएको छ ।’

स्वीकृति दिएभन्दा विज्ञापन र बोर्ड बढेकाले महानगरले निगरानी गर्न सुरु गरेको प्रधानले बताए । विज्ञापन तथा होर्डिङबोर्ड व्यवस्थित गर्न पहिलो चरणमा बोर्ड फाल्ने र सम्पर्कमा एजेन्सी नआए कम्पनीलाई नै कारबाही गर्ने उनले बताए ।

काठमाडौँ महानगरको कानुनी व्यवस्थाअनुसार विज्ञापन तथा होर्डिङबोर्ड नियमन गर्न विज्ञापन कर नीति २०७१, विज्ञापन कर निर्देशिका २०६४ र सर्वोच्चको आदेश समेत रहेको छ । जहाँ विज्ञापनलाई शून्य गर्नु नभई नियमन गर्नपर्ने कुरा उल्लेख छ ।

महानगरका एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘काठमाडौँ महानगरको नीतिमा नै डिजिटलबाहेक अन्य ठूला विज्ञापन निषेध नै भएको छ ।’ उनका अनुसार ३० स्क्वायरभन्दा माथिका ठूला बोर्ड राख्न पाइनेछैन । महानगरको राजस्व विभागले विज्ञापनको निगरानी गर्दै आए पनि त्यो अझै प्रभावकारी नभएको उनले स्वीकार गरे ।

काठमाडौँ महानगरले सहरको सुन्दरता र सुरक्षामा कुनै आँच नपुर्याई विज्ञापन राख्ने व्यवस्था मिलाउनुपर्ने सर्वसाधारणहरुको पनि माग छ । ३० वर्गफुटभन्दा माथि, झ्याल छोपेर तथा कौशिमा फ्लेक्स बोर्ड राख्न नपाइने प्रावधान रहेको छ । तर सुपर मार्केट तथा सपिङ कम्प्लेक्समा डिजिटल बोर्ड भने राख्न पाइन्छ ।

यो पनि पढ्नुहोस  दक्षिण कोरियामा विवाह दर घट्यो
१३,चैत्र.२०७४,मंगलवार ०९:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: