हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार, हिन्दूधर्मका अनुयायीहरु सरकारसँग आक्रोशित

नेपालीजनता

विराटनगर । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार गरिएको छ । विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमाथि बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । हिन्दु राष्ट्रको पक्षमा धारणा राख्दै आएका आचार्य पूर्वराजा ज्ञानेन्द्र निकट थिए ।

पूर्वराजा प्रदेश १ का धार्मिकस्थल भ्रमणमा आएका बेला गत साता आचार्य श्रीनिवाससँगै थिए । हिन्दु धर्मको पक्षमा गतिविधि गर्ने शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित थिए ।

जतुवामा आजैदेखि श्रीमत भागवत सप्ताह पुराण आयोजना गरिएको थियो । यसैको तयारीका क्रममा आचार्य सक्रिय थिए । बिहान करिब ३ बजेतिर शौचका लागि निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो । घटनास्थल आसपास प्रहरी परिचालन गरी निगरानी बढाउनुका साथै आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, आचार्यमाथि भएको आक्रमणको निन्दा गर्दै उनका समर्थक र उनी आवद्ध संस्थाहरुले विराटनगरमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायलाई सुरक्षामा गम्भीर हुन ध्यानाकर्षण गराएका छन् ।

यो पनि पढ्नुहोस  तपाईंको यो साता (राशिफल, ०७५ असार २७–०१ साउन)
२५,चैत्र.२०७४,आईतवार १०:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: