नाम मिल्दा निर्दोषलार्इ २६ लाख ९९ हजार जरिवानासहित जेल !

नेपालीजनता

काठमाडाैँ । अभियुक्तसँग नाम मिल्दा एक जना निर्दाेष व्यक्ति जेल परेका छन्। झापा मेचीनगर ६ का ३५ वर्षीय श्याम थापालाई जिल्ला अदालत झापाले सोमबार जेल सजाय फैसला गरेको छ। अदालतले उनलाई ६ महिना कैदसहित २६ लाख ९९ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ। परिवारले उनी निर्दोष रहेको दाबी गरेको  छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै श्यामका दाजु केदारले घटनाबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको भन्दै आपत्ती जनाए। २०६४ जेठ २२ गते तत्कालिन टाघनडुब्वा २ स्थित गुलाम रसुल मियाँको घरबारी परिसरबाट प्रहरीले १ हजार ६ सय ८७ किलो रक्त चन्दन बरामद गरेको थियो। उक्त घटनामा तत्कालिन मेचीनगर १० निवासी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।

घटना हुँदा भाई वैदेशिक रोजगारीमा कतार रहेको दाजु केदारले बताए। विदेशबाट आएर ट्याम्पो चलाएर जीविका चलाउदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट पक्राउ गरिएको थियो।

झापाका एसपी विष्णु केसीले अदालतको आदेशमा थापालाई पक्राउ गरिएको र अदालतले जेल चलान गरेको बताए। उनले भने,‘यदि व्यक्ति निर्दोष हो भने कानुनी उपचार खोज्नु प¥यो।’

यो पनि पढ्नुहोस  राष्ट्रिय सभा उपनिर्वाचनका लागि बागमतीमा आज मतदान,निर्वाचनमा एमालेका सूर्य चिह्रका उम्मेदवारको जित सुनिश्चित
५,बैशाख.२०७५,बुधबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: