जोर्डनबाट गर्भवती भएकि धनमाया न्यायको खोजीमा

नेपालीजनता

काँकडभिट्टा । वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उनको परिवारले घरबाट निकालेको हो । उनलाई श्रीमान किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए । जोर्डन जानका लागि बस्नेतलाई साउदी अरबमा रहेका श्रीमानले नै सहयोग गरेका थिए ।
दुई वर्षकी छोरी छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी बस्नेतलाईसँगै काम गर्ने भारतीय नागरिकले बलात्कार गरेका थिए । उनको काठमाडौँको एसिसी मेनपावर कम्पनीमार्फत जोर्डन पुगेकि थिइन । जोर्डनको एउटा गलैँचा उद्योगमा काम गर्नेक्रममा आठ महिना अघि यस्तो घटना घटेको हो ।
उनी भनि्छन , “साथीसँग समूहमा थिएँ । हाम्रो पछिपछि आउँदै रहेछ, थाहा भएन । म सबैभन्दा पछाडि थिएँ । उसले मेरो अनुहारमा रुमालले छोपेको याद छ । अरु मलाई केही थाहा छैन । होसमा आउँदा सडकमा थिएँ ।”

श्रीमान् र परिवारका सदस्यलाई घटनाबारे जानकारी नगराएको बताइन । “परिवारलाई यस्तो घटना सुनाउँदा पीडा हुन्छ भनेर कुरा लुकाए,” उनले पीडा सुनाइन । बलात्कारपछि उनी गर्भवती बनेपछि जोर्डनस्थित उद्योगले बस्नेतलाई घर फर्काइदियो । हाल उनप् आठ महिनाकी गर्भवती छिन । सात दिनअघि मात्र घर फर्किएकि बस्नेतलाई उनका श्रीमान् किरण बस्नेतले गर्भवती भएको थाहा पाएपछि कचनकवल–२ स्थित माइतीको जिम्मा लगाएका छन् ।

बस्नेतका दुई छोरी र एक छोरा छन् । पन्ध्र वर्षकै उमेरमा बिर्तामोड नगरपालिका–२ किरण बस्नेतसँग उनको मागी विवाह भएको हो । बुधबार बुबा र स्थानीय महिलासहित आफ्नो जीविकोपार्जनको व्यवस्था मिलाइदिनका लागि श्रीमान भेटन आएकि धनमायालाई उनको परिवारले स्विकार्न तयार भएन । श्रीमानले धनमायासँगको आफ्नो सम्बन्ध सकिएको बताउँदै उनलाई कुनै सहयोग गर्न नसक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस  आजको राशीफल

श्रीमतीले आफूलाई समयमै साँचो कुरा नबताएका कारण यस्तो अवस्था आएको किरणको भनाइ छ । धनमायाका बुबा उदयबहादुर कार्की छोरीलाई ज्वाइँको परिवारले नै विदेश पठाएकाले यस्तो अवस्था सिर्जना भएको हुँदा जीविकोपार्जनका लागि व्यवस्था गर्नुपर्ने बताए । “छोरीको बसोबासको व्यवस्था ज्वाइँले नै गर्नुपर्छ,” कार्कीले भने ।

६,बैशाख.२०७५,बिहीबार १३:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: