ढलेको ३ वर्ष बित्दा पनि उठेन धरहरा

नेपालीजनता

काठमाडौं । भूकम्पमा क्षतिग्रस्त भएर भग्नावशेष मात्र रहेको धरहराको पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । सरकारले आवश्यक तयारी चालु आर्थिक वर्षमा पनि धरहराको पुनर्निर्माणको काम सुरु नहुने पक्का भएको छ । ०७२ बैशाखको भूकम्पद्वारा क्षतिग्रस्त भएको ३ वर्ष भइसक्दा पनि सरकारले धरहरा निर्माणलाई प्राथमिकतामा राखेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने चालु आवको अन्तिम समयसम्म भए पनि धरहरा पुनर्निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार धरहरा भाँचिएर बाँकी रहेको ठूटोलाई ‘ग्लास’ ले छापेर राख्ने र अर्को नयाँ संरचना ठड्याउने तय भइसकेको छ । सरकारले धरहरा पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई नै दिइसकेको छ । यसअघि नेपाल टेलिकमलाई निर्माणको जिम्मा दिइए पनि मोडेलमा विवाद भएपछि प्राधिकरणलार्इ दिइएकाे हाे ।

यो पनि पढ्नुहोस  दरबारमार्गका डिएसपी मल्लको लुक्न नसकेको ‘सुनकाण्ड’
८,बैशाख.२०७५,शनिबार १४:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: