प्रहरीले फायरिङ खोलेपछि फरार अभियुक्तहरु पक्राउ

नेपाली जनता

सुनसरी । सुनसरीको धरानस्थित इन्जिनियरिङ क्याम्पसका दुइ विद्यार्थीमाथि छुरा प्रहार गर्ने समूहलाई पक्राउ गर्नेक्रममा प्रहरीले मंगलबार दिउँसो फायरिङ गरेको छ । प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि गएराति छुरा प्रहार गरि फरार रहेकाहरुलाई पक्राउ गर्नेक्रममा फायरिङ गरिएको हो। प्रहरीले धरान–१५ बस्ने विज्ञान लिम्बूलाई गएराति नै पक्राउ गरेको थियो। कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गर्ने क्रममा फाइरिङ खोलेको प्रहरीले जनाएको छ।

बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटालाई छुरी प्रहार गरेर फरार रहेका मध्ये कुम्वे राईलाई पक्राउ गर्न खोज्दा धरान–१५ बाँझोगराको महादेवचोकमा प्रहरी माथि नै अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि फाइरिङ गरिएको प्रनाउ पौडेलले बताए प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने नलागेको प्रहरीले जनाएको छ। फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ।

धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोटकपी लिएर आउने क्रममा इन्जिनियरिङ क्याम्पसमा चौथो वर्ष अध्ययनरत बाग्लुङका खड्का र काभ्रेका सापकोटामाथि एक्कासी छुरी प्रहार गरी गम्भीर घाइते बनाएर मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थिए।
छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ। सुजन खड्काको भने हातमा चोट लागेको छ। घाइते विद्यार्थीहरुको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसियुमा भर्ना गरिएको थियो। प्रहरीले दुवै घाइते खतरा मुक्त रहेको जनाएको छ।

यो पनि पढ्नुहोस  टुसा उम्रिएको चना सेवन गर्दा फाइदै फाइदा
११,बैशाख.२०७५,मंगलवार १७:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: