प्रधानमन्त्रीलाई बद्नाम गर्दै मन्त्री: डेढ अर्बको ठेक्कामा छायाँ मन्त्री हावी

नेपाली जनता

काठमाडौं । वाम गठबन्धनको भ्रष्टाचार अन्त्य र सुशासनको नाराबाट आकर्षित भएका जनता केपी ओली सरकारका मन्त्रीहरूको कार्यशैलीबाट निराश हुन थालेका छन् । यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको क्रियाकलापले सो मन्त्रालयमा सुशासन होइन, कुशासनतर्फ उन्मुख भइरहेको संकेत गरेको छ ।

विगतमा भौतिक पूर्वाधारमा आरजु देउवा र उनका भाइ भूषण राणाको हालीमुहालीमा जसरी निश्चित ठेकेदारहरूले मात्र ठेक्का पाउने अवस्था थियो भने महासेठ मन्त्री भएपछि रसियन अर्बपति उमेन्द्र महतो र ठेकेदार पवन महतो हावी हुन थालेका छन् । भौतिक मन्त्रालयमा उपेन्द्र महतो र पवन महतोको एकछत्र रजगज चल्न थालेपछि छायाँ मन्त्रीका रुपमा यी दुई भाइ चर्चामा छन् । मन्त्री निवासमा पनि उपेन्द्र र रमन कन्स्ट्रक्सनका मालिक ठेकेदार पवन महतोको बाक्लो आउजाउ हुने गरेको खबर छ ।

सडक विभागका अर्ब÷अर्बका ठेक्कामा अहिले रमण कन्ष्ट्रक्सन प्रालिका संचालक पवन महतोले चासो प्रकट गर्न थालेका छन् । ठेकेदार पवनलाई भौतिक मन्त्रालयमा छायाँ मन्त्रीको संज्ञा दिन थालिएको छ । रमण कन्ष्ट्रक्सनका संचालक पवनले रेल विभागको पुल बनाउने ठेक्का प्रक्रिया नै स्थगित गराउन सफल भएको खबर छ ।

सर्लाहीको लखनदेही खोला र चाँदी खोलामा रेलको पुल निर्माणको करीब डेढ अर्ब रुपैयाँको २ वटा ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको बेला उपेन्द्र महतो र पवन महतोको दवावमा मन्त्री महसेठले स्थगित गरेका छन् । यसअघि टेण्डर गर्दै २ पटक रद्द गरिएको उक्त रेल पुलको ठेक्का अहिले पवन महतोले मन्त्री महासेठलाई प्रभावमा पारेर स्थगित गराउन सफल भएका छन् ।

पवन महतोको रमण कन्ष्ट्रक्सनले ठेक्का नपाएपछि टेण्डर प्रक्रिया स्थगित गर्न लगाएका छन् । रेल विभागका महानिर्देशक अनन्त आचार्यले मन्त्री महासेठको निर्देशनमा अन्तिम अवस्थामा बोलपत्र स्थगित गरेपछि रेल गुड्ने पुल निर्माण नै अलपत्र परेको स्रोतको दावी छ । विकास, निर्माणमा बाधा पु¥याएर प्रधानमन्त्री केपी ओलीको भावना विपरीत अनियमित काम गर्न दवाव दिने मन्त्री महासेठ, ठेकेदारहरू उपेन्द्र महतो र पवन महतोलगायतलाई बालुवाटार तथा मन्त्री निवासमा प्रवेश निषेध नगरेमा सरकार नै बद्नाम हुने चर्चा चल्न थालेको छ ।

यो पनि पढ्नुहोस  चित्त दुख्‍नेको दुखोस्, म आफ्नो मिसनमा छु रामकुमारीले जंगिँदै भनिन्ः

रेल गुड्ने पुल निर्माणको उक्त ठेक्काका सम्भावित ठेकेदारसंग वार्गेनि¨ गरेर करोडौं रकम झार्नका लागि डेढ अर्बको ठेक्का स्थगन गरिएको मन्त्रालय स्रोत बताउछ ।
पटक–पटक टेण्डर रद्द गर्ने र हाल फेरि स्थगित गरेपछि विकास प्रधानमन्त्री केपी ओलीले चाहे झैं राष्ट्रिय महत्वको निर्माण कार्य कसरी समयमै हुन्छ ? मन्त्रीका आफन्त र आसेपासेले ठेक्का नपाएपछि ठेक्का प्रक्रिया नै स्थगित हुन थालेपछि कसरी सुशासन र विकास हुन्छ ? यो प्रश्न भौतिक मन्त्रालयका अधिकारीले प्रधानमन्त्री ओलीलाई गर्न थालेका छन् । भौतिक मन्त्रालयमा दलाल र ठेकेदारहरू हावी भएपछि सरकारको सुशासनले हावा खाने चिन्ता छाएको छ ।
-sanghunews

१३,बैशाख.२०७५,बिहीबार २१:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: