विद्यालय पुस्तकमा करोडौ कमिसन

नेपालीजनता

काठमाडौं । निजी विद्यालयहरुले वर्षेनी पुस्तकका नाममा करोडौ रुपैयाँ कमिसन लिने गरेको पाइएको छ । जसको सोझो मार अभिभावकले बेहोर्न बाध्य भएका छन् ।
निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनका अनुसार नेपालमा ८ हजार निजी विद्यालय सञ्चालनमा छन् । जानकारहरुका अनुसार निजी विद्यालयमा अहिले करिब २० लाख विद्यार्थी अध्ययन गर्छन । कक्षा १ देखि १० कक्षासम्म पुस्तकलाई औसतमा भाग लगाउने हो भने ८ वटा किताब पर्छन् ।
यसरी हेर्दा निजी विद्यालयमा अध्ययनरत २० लाख विद्यार्थीका लागि १ करोड ६० लाख किताबको आवश्यकता पर्छ । औसतमा १ किताब बराबर २०० रुपैयाँ मान्दा पुस्तकको मुल्य ३ अर्व २० करोड पर्न जान्छ ।
विद्यालय, पब्लिकेशन र स्टेशनरीले एउटा पुस्तकबाट ३५ प्रतिशत कमिसन खाँदा एउटा किताबबाट ७० रुपैयाँ हुन्छ भने १ करोड ६० लाख किताबबाट १ अर्व १२ करोड फाइदा हुन्छ ।
१ अर्व १२ करोड रुपैयाँलाई तीन भाग लगाउँदा प्रत्येकको भागमा ३७ करोड ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पर्न जान्छ । अब सोच्नुहोस् यसरी विद्यालय, स्टेशनरी र पब्लिकेशनको मिलेमहतोमा अभिभावकबाट पुस्तकका नाममा कति ठगी हुन्छ ।
निजी विद्यालयले पब्लिकेशन र स्टेशनरीसँग साझेदारी गरी कमिसनका आधारमा पब्लिकेशन छान्ने गरेको आरोपलाई प्याब्सनकी उपाध्यक्ष दीपिका थापा रिमालले अस्वीकार गरेकी छिन् ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री र मेराबीच भएको कुराकानीबारे मनमौजी: वामदेव
१८,बैशाख.२०७५,मंगलवार १२:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: