सरकारले यातायात व्यवसायीको सम्पत्ति खोजि जफत गर्न पत्रचार

नेपालीजनता

काठमाडौँ । गृह मन्त्रालयले सिन्डिकेटका पक्षपाती यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको आज बसेको बैठकमा गृहमन्त्रीले साविकका यातायात व्यवसायी समिति र महासंघका हालका पदाधिकारीहरुको विवरण यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयबाट लिएर सम्पत्ति छानबिन अगाडि बढाउन निर्देशन दिएको स्रोतले बताएको छ। गृहमन्त्रालयमा भएको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललगायतको उपस्थिति रहेको पनि स्रोतले जानकारी दिएको छ।

बैठकमा गृहमन्त्रीले सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ समितिहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउन निर्देशन दिएको गृह स्रोतले बताएको छ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन
२१,बैशाख.२०७५,शुक्रबार १६:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: