फुटको संघारमा वाम गठबन्धन, पहिलो पटक भयो अलग–अलग कार्यक्रम

नेपालीजनता

काठमाडौं । पार्टी एकीकरणको अन्तिम तयारी गरिरहेका एमाले र माओवादी केन्द्रले ‘कार्ल माक्र्सको द्विशतवार्षिकी’को कार्यक्रम अलग–अलग रुपमा मनाएका छन् ।

एमालेले कार्ल माक्र्सको द्विशतवार्षिकी काठमाडौंको गौशालास्थित पशुपति भिजनमा एक्लै गरेको छ । यो कार्यक्रममा एमालेले माओवादी केन्द्रलाई आमन्त्रण समेत नगरेर कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी आली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका छन् ।

उता, माओवादी केन्द्रले कार्ल माक्सको द्विशतवार्षिकी कार्यक्रम कास्कीको पोखरामा गरेको छ । पोखराको साइमन पार्टी प्यालेसमा कार्यक्रम भएको हो । यो कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । कार्यक्रम नेकपा (माओवादी केन्द्र) कास्कीले राखेको हो ।

यसअघि राष्ट्रिय सभागृहमा लेनिन दिवस संयुक्त रुपमा मनाएका एमाले र माओवादीले कार्ल माक्र्सको कार्यक्रमसम्म आइपुग्दा अलग–अलग गरेका छन् । लेनिन दिवस मनाउने क्रममा एमाले र माओवादी केन्द्रबीच बोर्डको विषयमा विवाद भएको थियो । त्यस बेला उत्पन्न भएको मनमुटाव कार्ल मार्क्सको द्विशतवार्षिकीसम्म आइपुग्दा प्रत्यक्ष रुपमा त्यसको प्रभाव देखिएको छ ।

प्रतिनिधि सभा निर्वाचनपछि संयुक्त कार्यक्रम गर्दै आएका एमाले–माओवादी केन्द्रले कार्ल माक्र्सको कार्यक्रम किन अलग अलग राखेर असन्तुष्टिको संकेत बाहिर ल्याएका हुन् ।

हुन त यसअघि काठमाडौंमा शुक्रबार एमालेका उपमहासचिव घनश्याम भुसाल अध्यक्ष रहेको कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समितिको कार्यक्रममा अध्यक्ष ओलीले बहिस्कार गरेका थिए । सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालका साथै एमालेका नेताहरू माधवकुमार नेपाला र झनाथ खनालको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस  बिरामी भएको खबर पाएर घर आएका छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते !
२३,बैशाख.२०७५,आईतवार ०७:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: