कार्ल मार्क्सको कम्युनिज्मसँग दशौँ लाखको मृत्यु जोडिएको छ !

नेपालीजनता

शनिबार कार्ल मार्क्सको दुई सयौँ जन्म दिन हो । सोही कारण यो दिन सम्झिएर उनीप्रति विश्वव्यापी रुपमा शब्दसुमनहरु सुनिँदै छन् । न्युयोर्क टाइम्सले हेडलाइन नै ‘ह्याप्पी बर्थ डे, कार्ल मार्क्स !’ राख्दै ‘यु वेर राइट’ लेखेको छ । दर्शनशास्त्रका प्राध्यापक जासोन बार्करले घोषणै गरेका छन्, ‘आजको सुशिक्षित, स्वतन्त्र विचार धेरै या थोरै जे भए पनि सर्वसम्मत रुपमा पुँजीवादका कमजोरीमाथिका मार्क्सका आधारभूत सिद्धान्तसँग सहमत छ ।’ तर यदि त्यस्तोे ‘सुशिक्षित र स्वतन्त्र’ विचारले ‘तानाशाही व्यवस्था’लाई बिर्सिन सक्छ भने त्यो साँचो हुनसक्छ ।

तर माक्र्सिज्म, व्यावहारिक रुपमा भने राम्रो कहिल्यै देखिएन । कम्युनिष्ट शासनले मानव इतिहासमा विशाल वैचारिक (सैद्धान्तिक) हत्याकाण्ड सृजना गरेको छ । पछिल्लो शताब्दीमा सयाँै लाख मानिसको हत्या गरिएको छ । यसलाई कतिपय मार्क्सलाई क्षमादान गर्नेहरुले यस किसिमका हत्याकाण्डमा माक्र्सलाई दोषी देखाउनु अन्याय हुने बताउँछन् तर तानाशाही व्यवस्थाको सुरुको विन्दु उनी नै थिए भन्ने कुरा बिर्सिनुहुँदैन ।

मार्क्सको मोक्ष (साल्भेसन)को उपाय (स्किम) भने जर्मन दार्शनिक जी.डब्ल्यु.एफ. हेगेलद्वारा उपलब्ध ‘मिस्टिकल फाउण्डेसन’का आधारमा बनाइएको थियो । न्युयोर्क टाइम्सको मार्क्सप्रतिको स्तुतिगानले हेगेललाई विवेकशील स्वतन्त्र विचार (रेसनल लिबरल स्टेट)को वकालतकर्ता बनाइदिएको छ । हेगेल उनको आफ्नो जीवनकालमा ‘रोयल प्रुसियन कोर्ट फिलोसफर’ भनी खिसिट्युरी गरिएका थिए । खासगरी राज्य स्वाभाविक रुपमा विवेकी छ भन्ने विचार प्रवद्र्धन गरेका कारण उनीमाथि खिसी गरिएको थियो ।

मार्क्सको जन्मदिनमा के बिर्सिनुहुँदैन भने एउटा दर्शन जुन सरकारलाई देवत्वकरण गरेर सुरु हुन्छ, त्यसको अन्त्य दमनलाई देवत्वकरण गरेर हुन्छ ।

हेगेलले सरकारलाई चिढ्याउँदै ‘द स्टेट इज द डिभाइन आइडिया एज इट एक्जिष्ट अन अर्थ’ अर्थात् राज्य ईश्वरीय परिकल्पना हो जुन पृथ्वीमा अस्तित्वमा रहेको छ भनेका थिए । मार्क्सले सायद हेगेलद्वारा पाखा लगाइएकाले हुनसक्छ, कहिल्यै ‘लेभिएदेन’को स्वभाविक खतराको पहिचान गरेनन् । न त मार्क्सले पुँजीवादको अन्त्यपछि कसरी कम्युनिज्मको एक्कासि उदय हुन्छ भनेरै वर्णन गरे ।

यो पनि पढ्नुहोस  करोडौं विदेशी मुद्रा अपचलनमा मुछिएका गोविन्दलाल नेपाल लाईफको अध्यक्ष !

त्यस्तै अर्को महत्वपूर्ण कुरा त मार्क्सले कामदारहरुको शासन थालनीपछि राज्यलाई कसरी सुकाउँछ भन्ने खुलासा गर्ने प्रयास पनि कहिल्यै गरेनन् । मार्क्सको मानवीय डरले लेनिनलाई ‘स्वतन्त्रता भनेको मूल्यवान् छ, यसलाई जोगाइराख्नुपर्छ’ भन्ने हुकुम दिनबाट रोक्न सकेन ।

माक्र्सवादीहरुले के अनुमान गरे भने व्यापक रुपमा बढिरहेको सरकारी शक्ति नै मानवतालाई स्वतन्त्र पार्ने साँचो थियो । ‘कमाण्ड एण्ड कन्ट्रोल’मा रमाउने कुरा नै मूल्य र नाफालाई राक्षसीकरण गर्ने कुराको विपरीत थियो । तर सबै शक्तिशाली तानाशाहहरु आफैँमा समाप्त हुनपुगे ।

सन् १९३२ मा सोभियत तानाशाह जोसेफ स्टालिनले राज्यको सम्पत्ति चोर्ने हरकोहीलाई मृत्युदण्ड दिन हुकुम दिए । जसले गर्दा लाखौँ युक्रेनियनहरु फार्महरुको निर्दयिताका साथ कलेक्टिभाइजेसन (जम्मा गर्ने)का कारण भोकभोकै मारिएका थिए ।

मार्क्सले निरन्तर रुपमा सामाजिक न्यायका योद्धाहरुलाई अपिल गर्दै हरेकबाट उसको क्षमताअनुसार हरेकलाई आवश्यकताअनुसार स्थापित नियमको आह्वान गरे । र कोचाहिँ ‘आवश्यकता’मा दृढ थियो ? स्वाभाविक रुपमा सर्वव्यापी, दयालु राज्य । मार्क्सवादले वर्गीय संघर्ष अन्त्यको वाचा त गर्यो तर हरेकलाई समूहमा जान दमन गर्यो । निजी सम्पत्तिलाई खारेज गर्दै मानिसहरुलाई तुच्छ सरकारी अधिकारीबाट बन्धक पारी सजाय दिइयो ।

मार्क्सवादीहरुले मानिसहरु (विशेष गरी कामदारहरु)को राम्रोको लागि भनेर असीमित धोखाधडी र भ्रममा पार्ने काम गरे ।

मार्क्सवादले वर्गीय संघर्ष अन्त्यको वाचा त गर्यो तर हरेकलाई समूहमा जान दमन गर्यो । निजी सम्पत्तिलाई खारेज गर्दै मानिसहरुलाई तुच्छ सरकारी अधिकारीबाट बन्धक पारी सजाय दिइयो ।

पूर्वी जर्मनीका मानिसहरुलाई बर्लिन पर्खाल फासिष्टहरुलाई भगाउन बनाइएको भनिएको थियो तर पूर्वी जर्मनीबाट पश्चिमतर्फ जानेहरु सीमा रक्षकको हत्याकाण्डमा परेका थिए । माक्र्सिज्मले एउटा युटोपिया (कल्पनाको संसार)को वाचा गर्यो र मानिसहरुलाई असीमित रुपमा आज्ञाकारी बनायो । यसबाट जो छुट्कारा पाउन चाहन्थे, उनीहरुलाई राज्यको सम्पत्ति लुटेको अभियोग लगाउने गरियो ।

यो पनि पढ्नुहोस  प्रचण्डले पाए संसदमा नयाँ वरीयतामा सत्तापक्षको पहिलो कुर्ची

कम्युनिज्मलाई अहिले पनि नैतिक रुपमा पुँजीवादभन्दा ठूलो महत्वको रुपमा चित्रण गरिन्छ किनकि यसले नाफाका लागि जनता मार्ने लोभीपापी कर्पोरेसनलाई सजाय गर्छ । तर पूर्वीय तानाशाहहरु भने यसको मातृप्रकृतिबाट ठूलो चिहानजस्तै सिद्ध भए ।  आर्थिक योजनाहरुलाई देवत्वकरण गर्दा प्रदूषणले व्यापता पायो । फ्याक्ट्रीहरु उच्च हुँदै गए भने स्टिल उत्पादन व्यापक रुपमा बढ्यो, तर यसले मानिसलगायत सबैको अन्त्य भइरहेकोतर्फ ध्यान दिएन ।

मैले धेरैचोटि सन् १९८० को मध्यान्त दशकमा मार्क्सको दर्शनको परिणाम हेर्न धेरै यात्राहरु गरेँ । मैले रोमानियाको बुकारेष्टस्थित गल्लीहरुमा दुब्ला मानिसहरुको अनुहारमा ठूलो डर देखेँ । मैले भर्खरका चेकहरुको अनुहारमा कसैले राजीतिक विषयमा छोयो भने मात्रै पनि उनीहरुको आँखामा आतंकित डरको झल्को देखेँ । मैले सीमा रक्षकहरु जो एउटा विपरीत विचारधाराको एक टुक्रो कागज देख्ने बित्तिकै डरले भाग्ने सम्मको परिस्थिति देखेँ । र मैले पश्चिमा क्षमावादीहरुको लेजियन (सैन्य टुकुडी) पनि हेरेँ जो सधैँ कम्युनिष्ट तानाशाहलाई आफ्नो उद्धारकका रुपमा जिद्दी गर्थे ।

माक्र्सले कहिल्यै आफ्नो मान्यताहरुलाई अविनाशी बनाउन लाखौँ पीडितलाई डर देखाउन प्रयोग गर्न खोजेका थिएनन् तर यो आपराधिक सोझोपन थियो, किनकि कुनै पनि असीमित शक्ति पाएको शासकबाट खुसीको अपेक्षा गर्नु नै गलत हो । मार्क्सको जन्मदिनमा के बिर्सिनुहुँदैन भने एउटा दर्शन जुन सरकारलाई देवत्वकरण गरेर सुरु हुन्छ, त्यसको अन्त्य दमनलाई देवत्वकरण गरेर हुन्छ ।

२४,बैशाख.२०७५,सोमबार ०९:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: