विमानस्थल केहीबेर बन्द !

नेपालीजनता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै केहीबेर विमानस्थल बन्द गरिने भएको छ ।

धार्मिक र सांस्कृतिक भ्रमणका लागि मोदी पटनाबाट सीधै जनकपुर आउँदैछन् । त्यहाँ जानकी मन्दिरमा पूजाआजा गरेर नागरिक अभिनन्दन ग्रहण गरेपछि उनी दिउँसो १ बजे काठमाडौँ आउनेछन् ।

मोदी विमानस्थलमा अवतरण गर्नुभन्दा केहीबेर अघिदेखि नै सबै उडान अवतरण रोकिने छ । करिब १ बजेदेखि करिब पौने २ बजेसम्म नियमित उडान अवतरण रोकिने विमानस्थल स्रोतले बतायो ।

मोदी त्रिभुवन विमानस्थलमा करिब सवा १ बजे अवतरण गरेपछि त्यहाँबाट सीधै होटल हायातमा जानेछन् । एयरपोर्ट – गौशाला – चाबहिल हुँदै चुच्चेपाटीस्थित होटल हायातमा पुग्दा सडक पनि खाली गराइने छ ।

विमानस्थलबाट चुच्चेपाटी, चुच्चेपाटीबाट सम्मान ग्रहण गर्ने स्थान टुँडिखेल, टुँडिखेलबाट उपराष्ट्रपति कार्यालय बहादुर भवन, बहादुर भवनबाट शीतल निवास र शीतल निवासबाट बत्तीसपुतली लगायतका क्षेत्रमा पनि सुरक्षा कडाइ गरिएको छ ।

यो पनि पढ्नुहोस  निर्मला हत्या प्रकरण: बस्न्यात टोलीले बुझाएकाे प्रतिवेदनमा के छ ?
२८,बैशाख.२०७५,शुक्रबार १०:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: