सरकार, जनताको भावना प्रति अनुदार हुन बन्द गर ?

नेपालीजनता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणमा आएका छन । उनको भ्रमणलाई सफल बनाउन राज्यको लाखौ रुपैयाँ खर्च भएको छ । मोदीलाई खुसी तुल्याउन राज्यले सक्दो प्रयास गरिरहेको देख्न सकिन्छ । तर उनको भ्रमणको विषयलाई लिएर नेपाली जनता भने त्यति उत्साहित देखिएका छैनन । उनको भ्रमणलाई लिएर सोसल मिडियामा नेपाली जनताले नेपाल सरकार र मोदी विरुद्ध कडा प्रहार गरेको देख्न सकिन्छ । यसो हुनुमा, उनी प्रधानमन्त्री भएपछि नेपालको पहिलो भ्रमणमा नेपाली जनताले उनको श्रद्धाको खातिर जयजयकार मनाएका थिए भने मोदीको मुक्तकण्ठले प्रशंसा गरे । त्यतिखेर उनी नेपाली जनताका मन र मस्तिष्कमा रमाएका थिए । उनीलाई नराम्रो भन्ने एउटा नेपाली पनि थिएनन् । तर, त्यो उनी प्रतिको सद्भाव भने उनले धेरैदिन टिकाउन सकेनन् ।

उनले नेपाललाई अघोषित नाका बन्दी नै लगाएर नेपाली जनतालाई दुःख दिएका थिए । नेपाली जनताले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भारतसँग नझुक्न बारम्बार अनुरोध गरिरहे र नाका बन्दीमा सरकार विरुद्ध नेपाली जनता सडकमा उत्रेर नाराबाजी गर्ने भारतीय सरकार र नेपालकै कतिपय नेपाल विरोधी तत्त्वहरूलाई लागेको थियो त्यो पुरा हुन स्वाभिमानी नेपाली दिएनन् । त्यो भारतीय नाकाबन्दीको समयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि देखिने गरि भारतको विरोध गरिरहे । त्यो ब्याज ओलीले गएको स्थानीय निर्वाचन, प्रदेशसभा र संघिय संसद्‌मा उठाए । ओलीको पार्टी एमालेलाई बहुमत ल्याउन भारतीय नाकाबन्दी एउटा सिढि बन्न गयो ।

मोदीको तेस्रो पटकको नेपाल भ्रमणमा सरकारी पक्ष र प्रदेश २ ले देखाएको परिदृश्यले एमालेका पार्टी अध्यक्ष तथा प्रम ओली प्रतिको जनविश्वास समेत समाप्त भएको छ । ओलीले जनतामा विजेको यो अन्तरघातलाई पुर्नजिवन दिन निक्कै कठिन हुने छ । यो पटकको भारतीय प्रधामन्त्रीको नेपाल भ्रमणले एमाले पार्टी र ओली सरकार प्रतिको जनविश्वास सदियौसम्मको खिल बनेर बस्ने छ । ओली सरकारको पतनको प्रार्दभाव नै मोदी सरकारको यो पटकको नेपाल भ्रमण हुने कुरालाई नर्कान सकिदैन र भविष्यले यसलाई प्रमाणीत गर्ने नै छ । ओली सरकारले भारतीय प्रधानमन्त्रीलाई नेपालको भ्रमण गराउन हतार गरेकोमा नेपाली वौद्धिक जगत आश्र्चाय चकित भएको छ ।

यो पनि पढ्नुहोस  औषधि लिमिटेडमा हेमोडाइलासिस फ्लुड

सरकार नेपाली जनताको हित खातिर सतिसाल बन्नु पर्नेमा आफ्नो स्वार्थ प्रति उत्तरदायी र जनताको भावना प्रति अनुदार हुने प्रकृयाको अन्त गर ।

२८,बैशाख.२०७५,शुक्रबार १९:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: