राजकुमारको बिहेमा ससुरा नआउने

नेपालीजनता

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगन मार्कलबीचको विवाह समारोहमा मेगनका पिता नआउने भएका छन् ।

मेगनले एक विज्ञप्ति जारी गर्दै आफ्ना पिता थोमस मार्कल विवाहमा नआउने जनाएकी हुन् । उनीहरूको शनिबार विवाह हुँदै छ ।

उनको मुटुसम्बन्धी शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताइएको छ । केही दिनअघि पापाराजीहरूसँगको मिलोमतोमा छोरीको बिहेसम्बन्धी समाचार साइबर क्याफेमा पढ्दै गरेको फोटो खिचाएको समाचार बाहिरिएपछि उनी विवादित भएका थिए । – एजेन्सी

यो पनि पढ्नुहोस  बेसक्याम्प पुग्दा जोनको अनुभूति
५,जेष्ठ.२०७५,शनिबार ११:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: