मिडिया खोलेर करदातासँग बार्गेनिङ गर्ने तयारीमा दीप बस्न्यात

नेपालीजनता

काठमाडौं । अहिलेसम्मका सबै कर फर्स्यौट आयोग पानी माथिका ओभाना भएको हो ? भन्दै चर्चाको विषय बन्न थालेको छ । २०३३ सालमा प्रचण्डराज अनिल अध्यक्ष भएदेखि हालसम्मका अध्यक्ष र अन्य सदस्यहरूले गरेका कार्यसम्पादनमा हालसम्म कुनै किसिमको र कसैको पनि छानविन भएको छैन । २०६३ मा गठन भएको कर फस्यौट आयोगमा अध्यक्ष नारायणराज तिवारी थिए भने सदस्यमा लुम्बध्वज महत थिए । महानिर्देशक तथा सदस्य दीप बस्न्यात थिए ।

इतिहासमै सबैभन्दा बढी करदाताको बक्यौता छानविन गरेको तर सबैभन्दा न्यून कर असुली गर्ने आयोग पनि त्यही २०६३ को आयोग थियो । सबै सेटिङमा करदातासँग मोटो रकम असुलेर दीप बस्न्यातले राज्यको अर्बौँ करको हिनामिना गरेको भित्री रहस्य गर्भमै रह्यो । यिनै दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि कर फर्स्यौट आयोगको इतिहासमै सबै भन्दा कर बढी असुल गर्ने २०७१ को कर फर्स्यौट आयोगका सदस्य तथा आन्तरिक राजश्व विभागका महानिर्देशकलाई षड्यन्त्रपूर्वक ढङ्गले फसाउन जरैदेखि बल लगाए । चुडामणि शर्मा आन्तरिक राजश्व विभागमा रहँदा भ्रष्टाचार र अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारबाट मुद्दा चलाए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले सरकारी सेवामै रहँदा कुम्ल्याएको अकुत सम्पत्ति विभिन्न क्षेत्रमा विभिन्न व्यक्तिका नामबाट लगानी गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बस्न्यातले पछिल्लो समयमा एक जना क्यासिनो व्यवसायीका नाममा काठमाडौं लाजिम्पाट स्थित ग्वाङजोङ होटलमा लगानी गरेको‚ याख्खा म्यानपावरमा लगानी विस्तार गरेको‚ चन्द्रागिरी केबलकारको ८ प्रतिशत शेयर हत्याएको समेत नेपाली जनतालाई जानकारी प्राप्त भएको छ । त्यसै गरी निजले गरेको अवैध आर्जनलाई स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा लगानी गर्ने काममा शुरु देखिनै विशाल ग्रुप‚ सूर्ती व्यवसायी डि.आर. उपाध्याय (धर्मराज उपाध्याय र डा. उपेन्द्र महतोको भूमिका रहँदै आएको समेतको खुलासा भएको छ ।


उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुँदा दीप बस्न्यातले नेपालको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार र अकूत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा समेत चलाए । उनलाई मुद्दा चलाएपछि दीप बस्न्यातले धम्की र मुद्दाको डर देखाउँदै रकम असुल्न शुरु गरेको पनि कर फर्छ्यौट भएका व्यवसायीबाट बाहिर आएको थियो र छ ।

कर फर्स्यौट आयोगले कर फर्स्यौट गरेको विषयमा गत जेठ १९ मा पक्राउ गरेर भ्रष्टाचार मुद्दा चलाएका बस्न्यातले चुडामणि शर्मालाई सो मुद्दाको औचित्यता पुष्टि गर्न सक्ने आधार नदेखेपछि र सम्बन्धित विषयविज्ञबाट निज बस्न्यातको आलोचना हुनथालेपछि अत्तालिएर फेरि अकूत सम्पत्ति आर्जनको मुद्दा दर्ता गरेका थिए । नियतबस फसाउनकै लागि बस्न्यातले विभिन्न प्रोपोगान्डा समेत मच्चाए । उनले शर्मालाई हिरासतमा लिएपछि १० दिनपछि मात्रै अध्यक्ष र अर्का सदस्यलाई आयोगमा हाजिर हुन पत्राचार गरेका थिए । उनको सो पत्राचार प्रति सञ्चारमाध्यम र सार्वजनिक रूपमै आलोचना हुन थाले पछि बस्न्यातले गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष महत र सदस्य उमेश ढकाललाई पक्राउ गर्ने सूचना सार्वजनिक गरे । यसबाट के प्रष्ट हुन्छ‚ भने शर्मालाई थुनेर महत र ढकालसँग आर्थिक लाभ लिने उनको प्रपञ्च रहेछ भन्ने उनका गतिविधिले पनि बुझाउँछ ।

अख्तियारको आडमा अकुत सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले सरकारी सेवामै रहँदा कुम्ल्याएको अकुत सम्पत्ति विभिन्न क्षेत्रमा विभिन्न व्यक्तिका नामबाट लगानी गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बस्न्यातले पछिल्लो समयमा एक जना क्यासिनो व्यवसायीका नाममा काठमाडौं लाजिम्पाट स्थित ग्वाङजोङ होटलमा लगानी गरेको‚ याख्खा म्यानपावरमा लगानी विस्तार गरेको‚ चन्द्रागिरी केबलकारको ८ प्रतिशत शेयर हत्याएको समेत नेपाली जनतालाई जानकारी प्राप्त भएको छ । त्यसै गरी निजले गरेको अवैध आर्जनलाई स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा लगानी गर्ने काममा शुरु देखिनै विशाल ग्रुप‚ सूर्ती व्यवसायी डि.आर. उपाध्याय (धर्मराज उपाध्याय र डा. उपेन्द्र महतोको भूमिका रहँदै आएको समेतको खुलासा भएको छ ।

उनले पछिल्लो समय मिडिया उद्योगमा लगानी गरेको कुरा सार्वजनिक भइसकेको छ । झापाको मालपोत कार्यालय प्रमुखदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदासम्म नै करोडौँ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको स्रोतले दावी गरेको छ । उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आफ्नो पक्षमा पारेर सरकारका वाणिज्य मन्त्री सुनिलबहादुर थापालाई आर्थिक प्रभावमा पारेर अख्तियारको आयुक्तमा नियुक्ति हुन सफल भएको कुरा उसै समयमा पनि चर्चा नभएको होइन ।

बस्न्यातको नक्कली नागरिकता

अख्तियारमै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएका बस्नेतलाई उमेर समेत ढाँटेर तत्कालीन कोइराला सरकारले आयुक्त बनाएको थियो । नागरिकतामा उनकी कान्छी बहिनी भगवती बस्नेत कोइराला भन्दा पनि बस्नेत एक वर्ष कान्छो देखिन्छ । यसरी कान्छी बहिनीको भन्दा उमेर घटाएर नागरिकता बनाएका बस्नेतले अख्तियारमा गएपछि निजले शक्तिको दुरुपयोग गरी व्यवसायी तथा कर्मचारीलाई धम्क्याएर अरबौँ रकम थुपारेका छन् । राज्यले उनलाई नागरिकता ढाँटेको विषयमा कारवाही गर्दै सरकारी सुविधाबाट बञ्चित गराउनु पर्ने आवाज जनस्तरमा उठिसकेको छ । सरकार मुकदर्शक हुनुलाई नागरिक स्तरमा आश्चर्यको रुपमा लिइएको छ ।

अख्तियारका उजुरीका फाइल बस्न्यातका घरमा

अख्तियारमा अरबौँ घुस लिएर मात्र नपुगी बस्न्यातले बिदा हुने बेलामा ठूला उजुरीका फाइलहरू फोटोकपी गरेर घरमा लगेको आरोप निज बस्न्यातमाथि छ । अब मिडिया चलाएपछि ती फाइल हेर्दै उनी थप बार्गेनिङ गर्ने दाउमा लागेको स्रोतले बताएको छ । कर फर्छ्यौट आयोगका सबै फाइल लगेर उनले कर बक्यौता फर्छ्यौट भएका व्यापारी र उद्योगीसँग थप बार्गेनिङ गरेको स्रोतले बताएको छ । कर बक्यौता फर्छ्यौट सम्बन्धी निर्णय कार्यान्वयन नहुने भन्दै तर्साएपछि ठूला व्यापारीले उनलाई घुस बुझाएर जोगिएको विस्तारै खुल्न थालेको छ ।

यो पनि पढ्नुहोस  गाउँमा पुरुष नभएपछि महिला नै मलामी - म्याग्दी

के हो कर फर्छ्यौट भनेको ?

कर फर्छ्यौट भनेको कर बक्यौता फर्छ्यौट अर्थात फरफारक हो । करदाताले राज्यकोषमा दाखिला गर्नुपर्ने कर कानुनद्वारा तोकिएको समयमै दाखिला गर्न नसकेपछि र सरकार एवं कर प्रशासनले राज्यकोषमा प्राप्त गर्नुपर्ने कर समयमै असुल गर्न नसकेपछि त्यसलाई बक्यौता कर अर्थात कर बक्यौता भनिन्छ । कर बक्यौतामा सावाँ कर‚ त्यसमा समयक्रम अनुसार लाग्ने ब्याज‚ शुल्क‚ थप दस्तुर‚ विलम्ब शुल्क तथा दस्तुर‚ जरीवाना समेतका रकमहरु पर्दछन ।

त्यस्तो कर बक्यौता राफसाफ गर्ने‚ असुल तथा दाखिला गर्ने‚ पुरापुर बाँकी प्राप्त तथा दाखिला गर्न नसक्ने अर्थात नगर्ने अबस्था भएमा आपसी कुराकानीका आधारमा कुनै निश्चित रकम दाखिला गरी बाँकी रकम हिसाव मिलान गर्ने एवं राफसाफ गर्ने‚ टुङ्ग्याउने (टुंगो लगाउने) कार्य नै कर फर्छ्यौट हो । कर फर्ट्यौट ऋण चुक्ता जस्तै हो । ऋण पनि समयमा चुक्ता गर्न सकिएन भने ब्याज‚ स्याज बढ्दै र चुलिंदै जान्छ । समयमा अशुल हुन नसकेको ऋण खराब ऋण (ब्याड डेब्ट) को रुपमा अभिलेखमा रहन्छ । त्यस्तो ऋण तथा ब्याज राफसाफ गर्ने सन्दर्भमा ब्याज‚ स्याजमा छुट दिई वा ब्याज‚ स्याजको न्यून रकम र ऋणको सावाँ रकम लिई वा कतिपय विशेष अबस्थामा उक्त सावाँ रकममै पनि केही अंश छाडी बाँकी रकम लिई ऋण र सोको ब्याज‚ स्याजको हिसाब राफसाफ गरिन्छ । ठिक त्यही हो कर बक्यौता फछ्यौट पनि ।


हालसम्मका कर फछ्र्यौट आयोगमा को–को ?




कर फर्छ्यौटका विधि तथा तरिका के के ?

कर फर्छ्यौट गर्ने विधि तथा तरिका फरक फरक हुन सक्छन । कतिपय अवस्थामा सरकारले आर्थिक ऐन‚ बजेट तथा अन्य निर्णय द्धारा स्कीम ल्याएर कुनै निश्चित अवधिसम्ममा तिर्नुपर्ने सावाँ कर तिरेमा बाँकी ब्याज‚ शुल्क‚ जरिवाना‚ विलम्ब दस्तुर तथा शुल्कसमेतका सम्पूर्ण रकम छुट दिने व्यवस्था गरेको हुन्छ । त्यसै गरी कुनै पछिल्ला केही बर्षहरुको सावाँ कर तिरेमा त्यसमा लागेको ब्याज‚ शुल्क‚ जरीवाना‚ थप दस्तुर‚ विलम्ब दस्तुर समेतका रकमहरु र सो भन्दा अधिका बर्षहरुको सम्पूर्ण बक्यौता रकम छुट हुने ब्यबस्था समेत गरेको हुन्छ । त्यसको साथै सरकारले कुनै निश्चित समयसम्मा तिर्नुपर्ने कुनै निश्चित रकमसम्मको सावाँ कर र सो बाट सिर्जित सम्पूर्ण ब्याज‚ थप दस्तुर‚ बिलम्ब शुल्क एवं जरीवाना समेत सम्पूर्ण रुपमा छुट तथा मिनाहा दिई बक्यौता हिसाबको अभिलेख राफसाफ गर्ने गरेको हुन्छ । यी विभिन्न स्कीम तथा ब्यवस्था अनुसार पनि फर्छ्यौट हुन नसकी बाँकी रहिरहेको अबस्था समेतको बक्यौता फर्छ्यौटका लागि सरकारले कानुन बमोजिम अधिकार सम्पन्न कर फर्छ्यौट आयोग गठन गर्ने  र सो आयोग र कर बक्यौता रहेका करदाताबीच आपसी कुराकानी (नेगोसियसन) द्धारा कुनै निश्चित रकम राज्यकोषमा दाखिला गर्ने गराउने र बक्यौता हिसाब राफसाफ गर्ने अर्थात टुङ्ग्याउने ब्यवस्था गरिन्छ ।


अख्तियारमा अरबौँ घुस लिएर मात्र नपुगी बस्न्यातले बिदा हुने बेलामा ठूला उजुरीका फाइलहरू फोटोकपी गरेर घरमा लगेको आरोप निज बस्न्यातमाथि छ । अब मिडिया चलाएपछि ती फाइल हेर्दै उनी थप बार्गेनिङ गर्ने दाउमा लागेको स्रोतले बताएको छ । कर फर्छ्यौट आयोगका सबै फाइल लगेर उनले कर बक्यौता फर्छ्यौट भएका व्यापारी र उद्योगीसँग थप बार्गेनिङ गरेको स्रोतले बताएको छ । कर बक्यौता फर्छ्यौट सम्बन्धी निर्णय कार्यान्वयन नहुने भन्दै तर्साएपछि ठूला व्यापारीले उनलाई घुस बुझाएर जोगिएको विस्तारै खुल्न थालेको छ ।


कर बक्यौता फर्छ्यौट गर्ने तथा कर बिबाद समाधान गर्ने यो अन्तिम वैकल्पिक ब्यवस्था पनि हो । कर फर्छ्यौट आयोग कतिपय मुलुकमा स्थायी संरचनाको रुपमा स्थापना गरिएको हुन्छ। तर हामीकहाँ भने सरकारले पटके रुपमा आवश्यकता अनुसार गठन गर्नसक्ने कानुनी ब्यबस्था छ । कर बक्यौता फर्छ्यौट सम्बन्धी संसारमा प्रचलित विधिहरु यीनै हुन र नेपालले पनि यीनै विधिहरु अबलम्बन गर्दैै आएको छ । यी माथि उल्लेखीत विधिहरु त कर बक्यौता सिर्जना भइसकेपछि उक्त बक्यौता फर्छ्यौट गर्ने विधी एवं तरिकाहरू हुन । कर बक्यौता नै सिर्जना नहोस् र यथा समयमै कर दाखिला होस् भनेर तोकीएको समय भन्दा अगावै वा समय सीमा भित्रै कर दाखिला गरेमा निश्चित प्रतिशत एवं परिमाणमा कर छुट तथा सुविधासमेत प्रदान गरी कर बक्यौता नै सिर्जना नहुने ब्यबस्था समेत गर्ने गरिन्छ ।

के गर्दैछन् चुडामणि शर्मा ?

दैनिकी सामान्य रहेको र सम्मानित अदालतलाई सहयोग गर्ने कार्यमा व्यस्त शर्मा आफ्नो दैनिकी सामान्य ढंगले नै चलिरहेको बताउँछन । उनी अगाडि भन्छन् ‘म यस समयमा अदालतमा हाजिर हुने‚ तारिख बुझ्ने र अदालतले खोजेका प्रमाणहरु जुटाएर सम्मानित अदालतलाई सहयोग गरिरहेको छु । त्यस अलावा मेरो नियमित अध्ययन‚ लेखन‚ अध्यापन कार्यलाई अगाडि बढाउने काम गरेर नै बाच्ने कोशिस गरिरहेको छु ।’

शर्मा यसरी लेखक भए

लेखन तथा प्रकाशन सम्बन्धमा नेपाली जनताले शर्मासँग जानकारी लिने सन्दर्भमा सोधनी गर्दा उनी भन्छन ‘मैले लोकसेवा आयोग‚ सार्वजनिक संस्थान‚ समान्य ज्ञान‚ आई क्यू‚ र सार्वजनिक प्रशासन‚ राजश्व नीति तथा प्रशासन‚ सरकारी बजेट प्रणाली जस्ता राज्यलाई उपयोगी धेरै किताबहरू लेखन र प्रकाशन गरेको छु । म पहिले शोखले लेखक भएँ । त्यो शोख त पछि मेरो आयआर्जनको बलियो स्रोत नै भयो । पहिलो पटक २०५२ मा किताव प्रकाशन गर्दा एकै पटक करिव एकलाख भन्दा बढी आर्थिक लाभ भयो । त्यो लाभले मलाई लेखकमा स्थापित गर्न प्रेरित गर्‍यो । मैले शुरुमा शाखा अधिकृतको परीक्षाको द्वितीय पत्र ‘सामाजिक अध्ययन’ पुस्तक प्रकाशन गरेपछि तृतीय पत्र ‘सेवा सम्बन्धी’ र प्रथम पत्र ‘सामान्य ज्ञान’ लेखी प्रकाशन गरें । त्यसपछि लोकसेवा आयोगका विभिन्न पदका प्रतियोगिताका लागि सहयोगी पुस्तकहरू‚ नेपाल प्रहरी‚ शिक्षक‚ विभिन्न सार्वजनिक संस्थान तथा बैंकका विभिन्न पदका प्रतियोगिताका लागि सहयोगी पुस्तकहरु‚ सार्वजनिक प्रशासनका मूलभूत पक्षहरु‚ राजश्व नीति तथा प्रशासन‚ सरकारी बजेट प्रणाली‚ सार्वजनिक आर्थिक कानुनको समीक्षा‚ सार्वजनिक खरिद कानून‚ कम्पनी कानुन‚ बौद्धिक परीक्षा दर्पण समेतका ४५ वटा मूल किताबहरु लेखी तिनीहरुका १७० भन्दा बढी संस्करणहरु विभिन्न संख्यामा प्रकाशन एवं बिक्री वितरण गरेको छु । त्यसका साथै विभिन्न पत्रपत्रिका‚ बुलेटिन‚ स्मारिका तथा पुस्तकमा लेखहरु प्रकाशन गरेको छु ।’

यो पनि पढ्नुहोस  विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको सरकारसँग आग्रह

के भन्छन शर्मा ?


‘दीप बस्न्यातको शिकार भएँ’
म तत्कालीन अख्तियार प्रमुख दीप बस्न्यातको व्यक्तिगत पूर्वाग्रह‚ अनुचित आग्रहको शिकार भएको हुँ । जो रक्षक छ‚ त्यही नै भक्षक भएपछि के लाग्छ ? २०७४ जेठ १७ गते बिहान घरमा बोलाएर दुई दिनपछि जेठ १९ गते म बिभागमै काम गरिरहेको बखत दिउँसो १२ बजे तिर मलाई आयोगमा ५ मिनेटको ब्रिफिङ छ भनी बोलाई गैर कानुनी एवं बदनियतपूर्ण रुपमा थुन्ने काम गरेका दीप बस्न्यात अत्यन्त दुष्ट एवं भ्रष्ट प्रवृत्तिका मान्छे रहेछन । म बाट स्वार्थपूर्ति नहुँदा मलाई उनले जञ्जालमा पारे । २०६३ मा दीप बस्न्यात म जस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक थिए । र त्यही हैसियतले कर फर्छ्यौट आयोग २०६३ को सदस्य पनि भए । सो आयोगको अध्यक्ष नारायणराज तिवारी हुनुहुन्थ्यो भने अर्का सदस्य लुम्बध्वज महत (कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष) हुनुहुन्थ्यो । उक्त आयोगले धेरै राजस्व छुट र मिनाहा दियो‚ राज्यलाई अहित हुने गरी बक्यौता फर्छ्यौट गर्‍यो भनेर त्यसबखत अख्तियारमा उजुरीसमेत पर्‍यो । अख्तियारबाट कर फर्छ्यौट आयोग २०६३ का फाइलहरू लिने‚ अनुसन्धान गर्ने काम त्यसबेला पनि भए । र‚ कर फर्छ्यौट आयोग ऐन २०३३ बमोजिम यो अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन‚ यो अधिकारसम्पन्न विज्ञ आयोग हो‚ यसले गरेका कामउपर नेपाल सरकारको अनुमतिबाहेक कसैले पनि अनुसन्धान गर्न मिल्दैन‚ यसका कागजात गोप्य हुन्छन्‌‚ कहीँ मुद्दा चल्दैन‚ आयोगका सदस्य र आदेश कार्यान्वयन गर्ने अधिकारी उपर मुद्दा चलाउन हुँदैन भनेर उनी आफैँले त्यसबापत अख्तियारमा पत्राचार गरेका हुन् । सोही अुनसार अख्तियारले पनि कर फर्छ्यौट आयोग सम्बन्धी कानुनी ब्यबस्था‚ अभ्यास तथा प्रचलन‚ अख्तियारको अधिकार क्षेत्र सम्बन्धी संवैधानिक एवं कानुनी ब्यबस्था समेतलाई मनन् गरी कानुनको शासनलाई आत्मसात गरी अख्तियारले कर फछ्यौट आयोगका फाईल फिर्ता गरी अधिकार सम्पन्न कर फर्छ्यौट आयोगको सम्मान एवं संरक्षण गरेको थियो र सो भन्दा अगाडिका २०३३‚ २०३६‚ २०४२‚ २०४७‚ २०५१‚ २०५४‚ २०५८‚ २०६० समेतका कर फर्छ्यौट आयोगले गरेका कार्यसम्पादनको सम्मान एवं संरक्षण भएकै थियो । वि.सं. २०६३ र वि.सं. २०७१ को आयोग र त्यसको कार्यसम्पादन सम्बन्धी तौरतरीका एवं परिबेशबीच कुनै फरक छैन । केबल उक्त आयोगबाट भएको बक्यौता असुलीको अनुपात मात्र फरक हो । २०६३ को आयोगले हाल सम्मकै आयोग मध्ये सबैभन्दा न्यून कूल बक्यौताको ०.४ प्रतिशत मात्रै राजश्व असुली गरी बक्यौता फर्छ्यौट गरेको थियो भने २०७१ को आयोगले हाल सम्मकै आयोग मध्ये सबैभन्दा बढी करीब ४३ प्रतिशत भन्दा बढी राजश्व असुल गर्ने गरी बक्यौता फर्छ्यौट गरेको थियो । यी दुबै आयोगको गठन र कार्यसम्पादन सम्बन्धमा उही संविधान (नेपालको अन्तरिम संविधान २०६३)‚ उही कर फर्छ्यौट आयोग ऐन‚ (कर फर्छ्यौट आयोग ऐन २०३३)‚ अख्तियारको उही संरचना एवं कार्यक्षेत्र‚ हुबहु एउटै कर फर्छ्यौट कार्य प्रणाली अबलम्बन भएको अबस्था विद्यमान थियो । यसरीउही परिबेस‚ संरचना‚ कानुन र कार्यप्रणाली भएको अवस्थामा अख्तियारका दीप बस्न्यातले गरेको गैरकानुनी एवं बलजफतिपूर्ण कदमको नीति र नियति जोसुकैले पनि स्पष्ट रुपमा सहजै बुझ्न र आंकलन गर्न सक्ने कुरामा कुनै दुईमत छैन । २०६३ मा आन्तरिक राजश्व विभागको महानिर्देकमा बस्न्यात थिए भने उप महानिर्देशकमा डा. शान्तराज सुबेदी हुनुहुन्थ्यो । उक्त समयमा अख्तियारको कार्यबाहक प्रमुख आयुक्त ललित बहादुर लिम्बु र आयुक्त बेद प्रकाश सिवाकोटी हुनुहुन्थ्यो भने अर्थ मन्त्री डा. रामशरण महत र अर्थ सचिव विद्याधर मल्लीक हुनुहुन्थ्यो । उहाँहरु समेतबाट तात्कालीन गतिविधी र भए गरेको निर्णयको बारेमा थप स्पस्ट हुन सकिन्छ ।

कस्तो जिवनशैली शर्माको ?

शर्मा ठोकुवा गर्छन – म अत्यन्त मेहनत र पौरख गरी जिविकोपार्जन गर्दै आएको व्यक्ति हुँ । मेरो आर्थिक अवस्था सामान्य छ । गाउँबाटै मैले ०४२ सालमा एसएलसी दिई प्रथम श्रेणीमा उत्तीर्ण भएको हुँ । एसएलसी दिएपछि मैले फुर्सदको समयमा आफ्नै विद्यालयमा अध्यापन गराए । एसएलसीमा उत्तीर्ण भएपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा आई.कम. अध्ययन गरें । पोखरामा ०४३ सालमा अध्ययन गर्दा नै मैले एसएलसी दिने विद्यार्थीहरूलाई अङ्ग्रेजी‚ गणित‚ विज्ञान अध्यापन गराउन कोचिङ क्लास‚ ट्युसन पढाएर स्वआर्जन गर्दै उच्च शिक्षा अध्ययन गरेको हुँ । आइकम दोस्रो वर्ष अध्ययन गरेको अवस्थामै मैले लोकसेवा आयोगमा सहलेखापालमा उत्तीर्ण भई २०४५ साउन २३ गते देखि कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङमा खटिएको थिएँ ।


मैले १ पैसा मात्र गैर कानुनी आर्जन गरेको‚ १ पैसा मात्र पनि भ्रष्टाचार गरेको‚ कुनै अनुचित कार्य गरेको र विधिहीन एवं विवेकहीन कार्य गरी कुनै सम्पत्ति आर्जन गरेको भए सम्पूर्ण सर्वश्व हरण गरे हुन्छ‚ म तयार छु । म आफूलाई बलिदानी गर्न तयार छु । तर एउटा शर्त छ– कपोलकल्पित‚ झुठ्ठा आरोप लगाउने‚ आफ्नो अनुचित स्वार्थका लागि विना आधार निरपराध व्यक्ति उपर झुठ्ठा मुद्दा दायर गर्ने देशद्रोही महाभ्रष्ट दीप बस्न्यातलाई के गर्ने ?


त्यहाँ मैले २०४९ सम्म काम गरेँ । लमजुङमा रहँदा विहान बेलुका एवं बिदाको समयमा एसएलसी र आइकम र सो सरहका विद्यार्थीहरूलाई अंग्रेजी तथा गणित समेतका विषयमा ट्युसन तथा कोचिङ पढाई थप आय आर्जन गरेको थिएँ । मैले लमजुङमै रहँदा प्राईभेट अध्ययन गरी बि.कम. उत्तिर्ण गरें २०५१ मा शाखा अधिकृत‚ २०५९ मा उपसचिव (राजश्व) र २०६५ मा सहसचिव पदमा लिखित परीक्षाको माध्यमबाट उत्तिर्ण भई सरकारले तोकेको विभिन्न जिम्मेवारी अत्यन्त प्रभावकारी रुपमा सम्पादन गर्दै आएँ । आफ्नो बृति विकास‚ आय आर्जन एवं सहयोगमा थप टेवा पुर्‍याउने सिलसिलामा २०५२ देखि पुस्तक लेखन तथा प्रकाशन यात्रा प्रारम्भ गरी हालसम्म विभिन्न विषयका ४५ वटा मूल किताब र उक्त किताबका १७० भन्दा बढी संस्करणहरु प्रकाशन समेत गरिसकेको छु ।

यो पनि पढ्नुहोस  उपदान लिने प्राथमिक शिक्षक मुस्किलले एसएलसी पास

म सदा कानुनको अक्षरस पालन गरी मुलुक र जनताको सर्वोपरी हितलाई केन्द्रविन्दुमा राखी अत्यन्त कर्तव्यनिष्ट एवं बफादार भई विधिसम्मत एवं विवेकसम्मत रुपमा कार्यसम्पादन गर्ने राष्ट्रसेबकहरुको अग्रसूचीमा रहेको ब्यक्ति हुँ । आफ्नो अनुचित आग्रह तथा स्वार्थ म बाट पुरा हुने स्थिति नदेखेपछि मलाई बदनाम गर्ने‚ दु:ख दिने‚ मेरो वृत्ति विकासमा अवरोध पुर्‍याउने‚ मेरो अपमान गर्ने बदनियतले अख्तियारका तत्कालीन प्रमुख दीप बस्न्यातले कपोलकल्पित र दुराशयपूर्ण आरोप लगाई म उपर झुठ्ठा मुद्दा दायर गरी दुष्प्रचार गरेका हुन । मलाई लगाइएका आरोप सम्पूर्ण रुपमा झुठ्ठा र निराधार छन् । निज दीप बस्न्यातले आफ्नो निजी स्वार्थ पूरा गर्न मलाई मोहरा तथा आहारा बनाएको छर्लङ्गै छ ।

मैले आफूमा भएको ज्ञान‚ बुद्धि‚ सीप‚ विवेक‚ मेहनत र सङ्घर्षले वैधानिक आयआर्जन गरी सामान्य जीवन यापन गर्दै आएको छु । कडा परिश्रम र पौरख गरी जिविकोपार्जन गरिरहेको इमानदार‚ मेहनती‚ वफादार‚ नैतिकवान‚ कर्तव्यनिष्ट‚ देशभक्त‚ कर्मठ म जस्तो कर्मचारीलाई निहित स्वार्थका लागि फसाउने प्रपञ्च र प्रयत्न भएको छ । मैले कुनै गैरकानुनी आर्जन गरेको छैन । मेरो कुनै अकुत सम्पत्ति छैन । मैले कुनै भ्रष्टाचार तथा अपराध गरेको छैन

चुडामणिको सम्पत्ति कति ?

आफ्नो सम्पत्ति सम्बन्धमा शर्मा भन्छन– म सँग खासै सम्पत्ति पनि छैन । मेरो जन्मस्थान स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर ६ बरपिपलेमा कि.नं. १०९९‚ ८२१‚ १६७१‚ १६७६ र ६८८ को करिव ५ रोपनी पैतृक जग्गा छ । श्रीमती कल्पना उप्रेती शर्माको नाममा काठमाडौंको बूढानीलकण्ठ न.पा. २ मा कि.नं. ५०५‚ ६४२‚ ६४४ र ६४६ मा करिब १ रोपनी १० आना १ पैसा जग्गा किनिएको हो । अहिले सडकले काटेर भोग चलनमा करिब २२ आना जति छ । सो जग्गा ४७ लाख १३ हजारमा किनेका हौँ । उक्त जग्गामा आ.व. ०६९/७० मा साढे तीन तले घर १ करोड २ लाख ३४ हजार १ सय ८० रुपैयाँमा बनाएका हौं । मेरो र मेरो परिवारको नाममा यो बाहेक अन्य कुनै घर तथा जग्गा जमिन छैन ।

भुईंतलासहित साढे ३ तले घरलाई ९ तले देख्ने‚ एउटा गेटलाई ७ वटा गेट देख्ने‚ कुकुरै नपालेको ठाउँमा १५ वटा कुकुर त्यो पनि विदेशी कुकुर देख्ने‚ हुँदै नभएको ३ दर्जन सुरक्षाकर्मी देख्ने र दुस्प्रचार गर्ने गराउने दीप बस्न्यातको आँखा र मगज कस्तो ? अहिले पनि तपाईं र आम जनताले देख्न सक्नुहुन्छ‚ निरीक्षण गर्न सक्नुहुन्छ‚ बुझ्न सक्नुहुन्छ । म कितावको खुल्ला पाना जस्तै हुँ । मेरो आफ्नो सम्पत्ती विवरण खुल्ला छ । सम्पूर्ण विवरण स्पष्ट छ र म जुनसुकै बखत जो सुकैलाई पनि प्रामाणिक रूपबाट स्पस्ट गर्छु ।

यसैबाट थाहा पाउनुस आरोप सहि छ या गलत ? आरोप द्धेसपूर्ण छ वा सत्य ? अख्तियारमा ०७३ मंसिर २९ गते १३ पाने सम्पत्ति विवरण बुझाउँदा मेरो‚ श्रीमती‚ छोरी ऐश्वर्या र ओजश्वीको नाममा रहेको सम्पूर्ण यथार्थ सम्पत्ति विवरण सुस्पष्ट रुपमा उल्लेख गरी सप्रमाण पेश गरेको थिएँ । कति सम्म झुठा र दुष्प्रचार गरियोकी श्रीमती कल्पना उप्रेति शर्माले तरकारी किन्न ५० लाखको गाडी र अन्य कार्यमा करोडौँ पर्ने गाडीहरू किनेर उपयोग गरेकी छिन भनियो । उनीले २०६९ वैशाख २९ मा कन्स्टेलेशन प्रालि ललितपुरबाट बा.७ च ८५७६ नम्बरको सेकेन्डह्यान्ड सुजीकी अल्ट्रो गाडी रु ८ लाख ११ हजारमा खरिद गरी उपयोग गर्दै आएकी छिन । सो बाहेक हाम्रो कुनै सबारीसाधन नै छैन ।अख्तियारमा सम्पत्ति विवरण बुझाउँदाका बखत मेरो साथमा नगद २२ लाख ७९ हजार, विभिन्न बैंकमा रहेको मौज्दात १७ लाख ६३ हजार, बैंक तथा वित्तिय संस्था एवं सहकारीमा गरिएको शेयर लगानी ६ लाख ३७ हजार थियो । मैले घर बनाउन सिटीजन्स बैंक ईन्टरनेशनलबाट रु १ करोड ऋण लिएको थिएँ । उक्त ऋण चुक्ता गर्न बाँकी छ । नियमित रुपमा मासीक किस्ता भने तिर्दै आएको छु ।

१ पैसा मात्र पनि भ्रष्टाचार गरेको भए सर्वश्व हरण गरे हुन्छ

मैले १ पैसा मात्र गैर कानुनी आर्जन गरेको‚ १ पैसा मात्र पनि भ्रष्टाचार गरेको‚ कुनै अनुचित कार्य गरेको र विधिहीन एवं विवेकहीन कार्य गरी कुनै सम्पत्ति आर्जन गरेको भए सम्पूर्ण सर्वश्व हरण गरे हुन्छ‚ म तयार छु । म आफूलाई बलिदानी गर्न तयार छु । तर एउटा शर्त छ– कपोलकल्पित‚ झुठ्ठा आरोप लगाउने‚ आफ्नो अनुचित स्वार्थका लागि विना आधार निरपराध व्यक्ति उपर झुठ्ठा मुद्दा दायर गर्ने देशद्रोही महाभ्रष्ट दीप बस्न्यातलाई के गर्ने ?

(अदालतमा विचाराधीन विषयमा दुबै पक्षका कुरा सुन्ने र पाठक समक्ष सत्य तथ्य कुरा पुर्‍याउने सञ्चार माध्यमको भूमिकालाई आत्मसात् गरी हामीले यो सामग्री तयार पारेका हौं । हाम्रो कहीं कसैप्रति आग्रह तथा पूर्वाग्रह छैन –सम्पादक)

११,जेष्ठ.२०७५,शुक्रबार ०९:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: