सुन तस्करी र सनम हत्या प्रकरण : डिएसपीले यसरी फसाए निर्दोषलाई (प्रमाण सहित)

नेपालीजनता

काठमाडौं । सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणको छानबिन गर्न गठित गृहमन्त्रालयको समितिले पक्राउ गरी थुनामा पुगेका अभियुक्त नै नक्कली भएको तथ्य बाहिर आएको छ । यो घटना बाहिर आएसँगै सहसचिव इश्वर पौडल नेतृत्वको समितिको काम कारबाहीमा गम्भिर लापरवाहि भेटिएको छ । स्रोतका अनुसार समितिमा रहेका विवादास्पद डिएसपी सुदिप पाठकले सुन काण्डमा चाचाजी भनिने भारतीय नागरिक महावीर गोल्यानलाई नाम मिलेकै आधारमा पक्राउ गरे ।

वास्तविक सुन तस्कर चाचाजी भन्ने महावीर गोल्यानलाई नभेटेपछि कान नसुन्ने एक सोझा ब्यक्तिलाई नाम मिलेकै आधारमा पक्राउ गरिएको अहिले खुलेको हो । उनलाई छानबिन समितिका सदस्य डीएसपी पाठकले नाम मिलेकै आधारमा पक्राउ गरेका हुन् । यो घटनाले सुन प्रकरणमा प्रहरी अनुसन्धान कति फितलो छ भन्ने कुरा छर्लङ्ग पारेको छ । डिल्लीबजारमा रहेको कार्पेट र पर्दा पसलमा बस्ने महावीर गोल्यान चाचालाई पक्राउ गरी चरम यातना दिई जबर्जस्ती सुन तस्करी गरेको कागजमा सही गराएको घटनाले अनुसन्धानमा प्रहरीको लापरबाही कतिसम्म हुँदो रहेछ भन्ने देखाएको छ ।

महावीर गोल्यान कान सुन्दैनन् । जुन कुरा चिकित्सकले नै दिएको मेडिकल रिपोर्टबाट पुष्टि हुन्छ । २०७३ बैशाख २४ मा नै डा. राकेशप्रसाद प्रसाद श्रीवास्तवले गोल्यानको कानको ८० प्रतिशत श्रवण शक्ति गुमिसकेको मेडिकल रिपोर्ट दिएका छन् । श्रवण शक्ति नै नभएका गोल्यान चण्डोलको प्रेष्टिज अपार्टमेन्टबाट दैनिक पैदल हिंडेर डिल्लीबजारको छोरा पंकज गोल्यानले खोलेको कार्पेट पसलमा जाने आउने गर्दथे । मुटुका रोगी महावीर गोल्यानले भारतको मेदान्त अस्पतालमा नियमित चेक गराउँदै आएका थिए ।

मुटुरोगको समस्या पनि देखाएको र कान पनि नसुन्ने भएकाले दैनिक पसलमा समय बिताउन उनी जाने गर्दथे । उनी दैनिक पैदल हिंडेर पसलमा आउने जाने गर्दै आएका थिए । तर प्रहरीले सुन तस्कर भन्ने महावीर गोल्यान उनै हुन् भनेर पक्राउ गरी यातना दिएर बयान गराई मुद्दा चलाइसकेको छ भने उनी अहिलेपुर्पक्षका लागि थुनामा छन् ।

यो पनि पढ्नुहोस  विश्वकै सबैभन्दा ठूलो वेश्यालय, जहाँ दिनमा एक हजार पुरुषले यौन प्यास मेटाउछन्

कहिल्यै सुन कारोबार नगरे पनि बाबु महावीर गोल्यानलाई सुनको ठूलो कारोबारी भनेर पक्राउ गरेपछि निर्दोष भएको भन्दै न्यायका लागि विभिन्न निकायमा उनका छोरा धाइरहेका छन् । अदालतले समेत गोल्यानको बारेमा यथार्थ नबुझी हेर्दै नहेरी मंगलबार पुर्पक्षमा पठाएको छ । गोल्यानका कानुन ब्यवसायी जगन फुयाँल भन्छन्–‘३३ किलो सुन प्रकरणमा यदि कुनै मान्छेको विरुद्ध कमजोर प्रमाण छ, वास्तवमा निर्दोष कोही मानिस छ भने त्यो महावीर गोल्यान हो । त्यसपछि अरु होलान् ।’गोल्यान भारतको पश्चिम बंगलाको सिलिगुडी बसोबास गर्ने ब्यक्ति हुन् । उनी अहिले पनि भारतीय नै हुन् । अनुमति लिएर नेपालमा छोराको पसलमा सहयोग गरेर बस्दै आएका हुन् । पंकजले ब्यापारका लागि आफन्तहरु र ससुरालीबाट केही सहयोग लिएर ७ बर्ष अअघि फर्म दर्ता गरी डिल्लीबजारमा कार्पेट र पर्दाको पसल खोलेका थिए । त्यही पसलमा चाचाजी भनिने महावीर दिनभर काम गर्दथे । गोल्यान परिवार चण्डोलको प्रेष्टिज अपार्टमेन्टमा बस्दै आएको छ ।

चण्डोलको उक्त अपार्टमेन्टबाट डिल्लीबजार आउने जाने गर्ने महावीर गोल्यान चाचाजीलाई छानबिन समितिका डीएसपी सुदीप पाठकले गौशालाबाट पक्राउ गरेको उल्लेख गरेका छन् । पाठकले गोल्यानलाई अपार्टमेन्टबाटै पक्राउ गरेपनि गौशाला चोकबाट पक्राउ गरेको नक्कली कागज बनाएका थिए । पाठक उनै डिएसपी हुन्, जो चोरी गाडीको केसमा अख्तियारमा मुद्दा धाइरहेका छन् । जहाँ गयो त्यहि विवादमा पर्दै आएका पाठक निर्दोषलाई फसाएर काम देखाउन माहिर मानिन्छन् । अपराध महाशाखामा बस्दा उनीमाथि इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’सँग साँठगाँठ गरी आर्थिक आर्जन गरेको आरोप लागेको थियो ।

प्रहरीले पक्राउ गर्दा गोल्यानबाट एउटा मोवाइल बरामद भयो भनिएको छ । त्यो नम्बर प्रहरीले पूर्वाञ्चलको ९८४२१५७८९९ भनेको छ । तर, महावीर गोल्यानले काठमाडौंको प्रिपेड ९८४१ वाला नम्बर बोक्ने गरेका छन् । बरामद मुचुल्कामा गोल्यानले बोक्दै नबोकेको मोवाइल नम्बर बरामद भएको प्रहरीले देखाएको छ । ९८४२ को नम्बरमा सनम शाक्य प्रकरणमा गोरे भन्नेको चालक शेषराज मल्ल ठकुरीले धुम्बाराहीको अपार्टमेन्टमा बस्ने चाचाजी भन्ने मानिस भनेका छन् । प्रहरीले त्यही आधारमा धुम्बाराहीको वडा नम्बर ३३ अपार्टमेन्टमा बस्ने चाचाजी भन्ने महावीरप्रसाद गोल्यान यही हो भनेर पक्राउ गरेको थियो । प्रहरीले कष्टडीमा लगी यातना दिएर हो भन्न बाध्य बनाएको परिवारको आरोप छ ।

यो पनि पढ्नुहोस  प्रत्येक जिल्ला अस्पताललाई एक करोड दिने कर्णाली सरकारकाे निर्णय

पक्राउ पर्नासाथ यो मानिस सुन तस्कर महावीर गोल्यान होइन भनेर निवेदन दिएपनि डिएसपी पाठकले समितिलाई गलत व्रिफिङ गरी गोल्यान उही हो भनेको स्रोतले थप बतायो । नेपालमा अनुमति लिएर बसेका महावीर गोल्यान भारतीय नागरिक हुन्, सुन तस्कर होइनन् भने भारतीय दूताबासले पत्र लेखिसक्दा पनि उनको बारेमा सरकारले कुनै सुनुवाइ परिवारको आरोप छ । यसरी अदालतले पनि प्रमाण नै नहेरी निर्दोषलाई पुर्पक्षमा पठाएको यो उदाहरण हो । (यूनाइटेड पोस्ट साप्ताहिक)

११,जेष्ठ.२०७५,शुक्रबार ०९:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: